२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पहिला जस्तो सजिलो छैन पत्रकारिता गर्न : केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल

Logo
प्रकाशित बुधबार, बैशाख २०, २०८०

(ABC-Sanchar) काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस बिभिन्न कार्यक्रम गर्दै नेपालमा पनि मनाइएको छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले दिवस मनाउने निर्णय गरेअनुसार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउदै आइएको छ ।
यो वर्षका लागि युनेस्कोले “भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” नारा तय गरेको छ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा बार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो । कार्यक्रमा महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेसलाई आक्रमण गर्ने र आफ्नो अनुकल बनाउने प्रवृति जारी रहेकाले प्रेस जगत सुरक्षित छ भन्ने अवस्था नरहेको बताए । प्रेस जगतमाथि आक्रमण गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा महासंघ रहेको उनले बताए ।

उनले बिभिन्न चूनौतिकाबीच निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागिपरिरहेको अवस्था रहेको बताए । अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्न सक्ने भएकाले सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न युनेस्कोले आह्वान गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।