२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पुर्व आइजिपी सिंहलाई फुली लगाउने पूर्वगृहसचिव पान्डेको हातमा हत्कडी

Logo
प्रकाशित बुधबार, बैशाख २०, २०८०

पुर्व आइजिपी सिंहलाई फुली लगाउने पूर्वगृहसचिव पान्डेको हातमा हत्कडी ABC (क्राईमबिट) काठमाडौं । गत वर्ष नेपाल प्रहरीका महानिरीक्षकलाई फुली लगाइदिने तत्कालिन गृहसचिव टेकनारायण पान्डे बुधबार प्रहरी हिरासतमा पुगेका छन् । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं ठगीको घटनामा उनको समेत संलग्नता पुष्टि भएको हो ।

तत्कालिन आइजिपी धिरजप्रताप सिंहलाई फुली लगाइदिदै सचिव पाण्डे।

गत वर्ष १९ बैशाखमा पान्डेले आइजिपीमा नियुक्त भएका धिरजप्रताप सिंहलाई गृह मन्त्रालयमा फुली लगाइदिदै बधाई दिएका थिए । पछिल्लो समय उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए ।

गृहमै हुँदा लोभमा फस्दा उनी अहिले प्रहरी हिरासतमा पुगेका हुन् । अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहसँग उनले पनि लाभ लिएको पुष्टि भएको थियो । पक्राउ परेका सानु भन्डारीसँग उनले पैसा लिएको पुष्टि भएपछि प्रहरीले पक्राउ पूर्जीका लागि अदालतलाई लेखेको थियो । अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आफै प्रहरी कार्यालय पुगेका थिए, जहाँ उनलाई हिरासतमा लिइएको हो ।

यसरी कुनै दिन आइजिपीलाई फुली लगाउने हैसियतमा बसेका व्यक्तिले पदको मर्यादा कायम नराख्दा प्रहरीले नै यतीबेला उनको हातमा हत्डकी लगाएको छ । त्यसो एक वर्षअघि नै ठगीमा संलग्नलाई पक्राउ गर्दा पनि उनै पान्डेले छुटाएका थिए ।
यो प्रकरणमा पूर्व मन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।