२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाली सेनाका तालिमरत अधिकृतद्वारा प्रहरी प्रधान कार्यालय नक्सालको अवलोकन

Logo
प्रकाशित बुधबार, बैशाख २०, २०८०

ABC (क्राईमबिट) काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.११ का तालिमरत ३३ जना महासेनानीहरूलगायत जम्मा ३६ जना अधिकृतहरुबाट नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण गरेका छन् ।

सो क्रममा उनीहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबसमेतको अवलोकन गरेका थिए । साथै, उनीहरूले बुधबार नै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समेत अवलोकन भ्रमण गरेका थिए ।

अवलोकनपश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गरे ।

अन्तरक्रियामा तालिमरत अधिकृतहरूले नेपाल प्रहरीसम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक कुँवरले विभिन्न जनचेतनामूलक कार्यक्रमलगायत नागरिकले गरेका अपेक्षाअनुसार काम गर्ने दुवै संगठनबिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र नेपाली सेनाका सहायक रथी डा.रञ्जित थापाले कृतज्ञताको चिनो आदान प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।