२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पक्राउ पुर्जी जारी भएपछी सांसद टोपबहादुर रायमााझी सम्पर्कविहीन

Logo
प्रकाशित बिहिबार, बैशाख २१, २०८०

(ABCSanchar) बुटवल । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन्। अर्घाखाँचीबाट काठमाडौं जान्छु भनी हिँडेका रायमाझी काठमाडौं नगई सम्पर्क विहीन भएका हुन् ।

बुधबार भैरहवा विमानस्थलबाट सभामुख देवराज घिमिरेसँगै काठमाडौं आउन ठीक्क परेका टोपबहादुर विमानस्थलनै नगइ सम्पर्कबाट बाहिरिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमााझीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाले उनलाई प्रहरीले काठमाडौंमा उत्रिनेबित्तिकै समात्ने तयारी गरेको थियो । उक्त सूचना पाएसँगै उनी सम्पर्कविहीन भए । हाल उनको मोबाइल फोन पनि अफ छ ।

बुधबार टोपबहादुर सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको सुपदेउराली मन्दिरमा दर्शन गर्न पनि पुगेका थिए । उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै कानुनलाई सहयोग गर्ने वचन सन्धिखर्कमा पत्रकारसँगको कुराकानीमा उल्लेख गरेका थिए ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी ५ करोडभन्दा बढी ठग्ने गिरोहसँग सांसद टोपबहादुर र छोरा सन्दीपको नाम मुछिएको छ । सन्दीपलाई बुधबार नै बुटवलबाट प्रहरीले पक्राउ गरिसकेको छ । छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेपछि उनले अन्तिम समयमा विमानको टिकट क्यान्सिल गरेका थिए ।

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत ८ जना पक्राउ परिसकेका छन् ।

साेही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थपा र सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरु हाल फरार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]