२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एक पछी एक गरी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

Logo
प्रकाशित शुक्रबार, बैशाख २२, २०८०

 ABC (क्राईमबिट) काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई रकम ठगी गरेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडाैंले थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उक्त ठगी प्रकरणमा संलग्नता देखीएको भन्दै केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी हाल फरार छन् ।

पक्राउ पुर्जी जारी भएका हरिभक्त न्यूरोडको ताम्राकार कम्प्लेक्स स्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले उनीहरूको खातामा नगद डिपोजिट गरेको भेटिएको छ ।
केशव तुलाधर पनि सहकारी सञ्चालक हुन् । तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरुको खातामा नगद डिपोजिट गरेको बयान दिएका छन् ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा संलग्न रहेको आरोपमा हालसम्म उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डेसहित ८ जना प्रहरीको हिरासतमा छन् । आरोपीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले सङ्गठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यसै ठगी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि प्रहरीले पक्राउ पुजी जारी गरेको छ । उनी बुधबार एक कार्यक्रममा सहभागी हुन अर्घाखाची पुगेका थिए । बुधबार नै काठमाडौं आउने तयारीमा रहेका रायमाझी प्रहरीले पक्राउ पुजी जारी गरेको सुचना पाएकासँगै सम्पर्कविहीन बनेका छन् । उनी हाल कसैको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]