२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अभिनेता आमिर खान काठमाडौंमा बुढानीलकण्ठ शिविरमा १० दिन बस्ने

Logo
प्रकाशित आइतबार, बैशाख २४, २०८०

(ABC-Sanchar) काठमाडौँ । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका छन् ।

एयरपोर्टबाट खान सिधै बुढानीलकण्ठतिर लागेको र त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ ।

टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि संसारभर चर्चा चुलिएका आमिरको नेपालमा पनि थुप्रै फ्यान रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]