२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरण ट्राफिक सप्ताह २०८० कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, बैशाख २५, २०८०


(ABC-Sanchar) बाग्लुङ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय कास्कीको आयोजना र गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको सहकार्य तथा समन्वयमा मिति २०८०।०१।२५ गते देखी ऐ. ३१ गते सम्म सञ्चालित सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागी ट्राफिक सप्ताह-२०८० कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको सयुक्त आयोजनामा बिभिन्न धर्म सस्कृति झल्काउने झाक्री, बाजा गाजा, भजन मण्डली सहितको उपस्थितीमा बागलुङ बजार परिक्रमा गरी प्रभात फेरी कार्यक्रम पश्चात ट्राफिक सप्ताह-२०८० कार्यक्रमको औपचारिक उद्घघाटन भएको छ ।
प्रमुख अतिथि जिल्ला समन्वय समितिको कार्यालय बागलुङका प्रमुख अमर बहादुर थापा, बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन के.सी, बागलुङ जिल्लास्थित सरकारी तथा गैह्र-सरकारी संस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधि, यातायात व्यबसायीहरु, जिल्ला स्थित बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, सामाजिक संघ संस्था तथा आमा समुहका प्रतिनिधि, पुर्व प्रहरी कर्मचारीहरु, उधोग बाणिज्य संघ बागलुङका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, पत्रकार लगायतका महानुभावहरुको उपस्थितिमा जिल्ला बागलुङ, बागलुङ नगरपालिका वडा नं.०१ बाल उद्यानमा सञ्चालित उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी.ले उक्त कार्यक्रमको औचित्य प्रष्ट पार्नु भएको थियो, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शुभकामना मन्त्वय राख्नु भएको थियो, प्रमुख अतिथि समन्वय प्रमुख अमर बहादुर थापाले एक जना सवारी चालकलाई हेलमेट बितरण तथा स्टिकर समेत टासी बागलुङ जिल्लामा ट्राफिकको अवस्थाको बारेमा आफ्नो भनाई राख्नु भएको थियो । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ट्राफिक व्यबस्थापन तथा यसको महत्वको बारेमा आफ्नो धारणा राख्नु हुदै कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]