२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका सदस्यता त्याग गर्न पत्रकार महासङ्घ लुम्बिनीको आह्वान

Logo
प्रकाशित मंगलबार, बैशाख २६, २०८०

 (ABC-Sanchar) दाङ । पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आग्रह गरेको छ ।
पत्रकारिता क्षेत्रमा क्रियाशील नरहेका र स्वेच्छिक रुपमा सदस्यता त्याग गर्ने सबै सदस्यहरुलाई सम्मानसहित बिदा गर्ने र आवश्यकताअनुसार मानार्थ सदस्यता प्रदान गर्ने महासङ्घ लुम्बिनी प्रदेश समितिले बताएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा झन्डै एक हजार आठ सयजना नेपाल पत्रकार महासङ्घका साधारण सदस्य छन् ।
महासङ्घका प्रदेश महासचिव विक्रम खड्काले एक प्रेस विज्ञप्ति जारी गरी गएको पुस ८ र ९ गते सुर्खेतमा भएको साधारणसभाले बनाएको सदस्यता शुद्धिकरण समितिले प्रस्ताव गरेअनुसार लुम्बिनीमा भएको राष्ट्रिय मिडिया सम्मेलन र केन्द्रीय समितिको बैठकले पारित गरेको सदस्यता शुद्धिकरण मापदण्डअनुसार पत्रकारिता क्षेत्रमा सक्रिय नरहेका व्यक्तिहरुलाई सदस्यता त्याग गर्न आह्वान गरेका हुन् ।
पत्रकार महासङ्घका नयाँ मापदण्डअनुसार पत्रकारिता पेसामा तीन वर्षदेखि सक्रिय नरहेको, राजनीतिक दलको कुनै पनि समितिको पदाधिकारी रहेको, जनप्रतिनिधि रहेको, सरकारी तथा सेवा आयोगको स्थायी, अस्थायी र करार सेवाको कर्मचारी, मिडिया संस्थानबाहेक अन्य संस्थानका कर्मचारीको सदस्यता नवीकरण नहुने महासङ्घका महासचिव खड्काको भनाइ छ ।
मुख्य पेसा पत्रकारिताबाहेक अन्य रहेका, कहिलेकाहीँ मात्र पत्रकारिता गर्ने गैरसरकारी तथा वित्तीय क्षेत्रका कर्मचारी र ६ महिनाभन्दा लामो समयदेखि विदेशमा रहेका व्यक्तिहरुको सदस्यता नवीकरण नगर्ने केन्द्रीय समितिले परिपत्र गरसकेकाले स्वेच्छिक सदस्यता त्याग गर्न आग्रह गरिएको नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]