२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी बल महोत्तरीले ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख २७, २०८०

ABC (क्राईमबिट)
महोत्तरी । सशस्त्र प्रहरी बल महोत्तरीले पक्राउ गरेका जलेश्वरकै विकासकुमार महत्तो, धादिङको गजुरी गाउँपालिका – ८ का ३६ वर्षीय उमेशबहादुर बस्नेत, बाराको जितपुरसिमरा उपमहानगरपालिका – १ का ६० वर्षीय सुमन मान्नधर र धनुषाको हसपुर नगरपालिका – ४ का ३७ वर्षीय मोहमद अजिन रहेका छन् ।

प्रहरीले उनीहरुलाई जलेश्वर नगरपालिका – ३ स्थित मलिवाडा बसपार्कबाट नियन्त्रणमा लिएको बुझिएको छ ।

काठमाडौँबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको बसबाट मलिवाडा बसपार्कमा चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा चारजनालाई नियन्त्रणमा लिएकोको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले जनाएको छ ।

बरामद भएको चौरी गाईको पुच्छरको बजार मूल्य २८ लाख ३० हजार रुपैयाँ बराबर रहेको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरूलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]