२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी दाङको निरिक्षणमा

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०

 (सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशी बिहीबार जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय भवन अपराध अनुसन्धान शाखा, कार्य तथा बिशेष शाखा, महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानविन शाखाको निरीक्षण गर्नुका साथै नागरिकहरुलाई प्रवाह गरिने सेवा सुविधाको वारेमा समेत जानकारी लिनु भई थुनुवा कक्ष समेतको निरीक्षण गर्नु भएको थियो ।

उक्त अवसरमा प्रदेश प्रहरी प्रमूख डिआईजीले प्रहरी कर्मचारीहरुलाई आफ्नो आचारण, व्यवहार सुधार गरी कर्तव्यनिष्ट, ईमान्दार र व्यावसायिक भई कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रमुख एसपी वीर बहादुर ओलीले निरीक्षणका क्रममा भएका निर्देशन तथा सुझावहरू पालना गर्ने र मातहत प्रहरी कर्मचाहरूलाई समेत अक्षरस पालना गराउने प्रतिज्ञा गर्नुका साथै निरीक्षण भ्रमणको लागि धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।
औपचारीक कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले गर्नु भएको थियो । सो कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण प्रहरी ईकाइका प्रमुखहरूको उपस्थिति रहेको दाङ प्रहरी प्रमुख वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।