२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सरुवा भएको रमाना नलिने कर्मचारीलाई विभागीय कारवाहीको तयारी

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०


(ABC-Sanchar)
काठमाडौँ । शक्तिको आडमा मनपरी गर्ने कर्मचारीलाई कसिने भएको छ । सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरू वर्षौँसम्म आफूखुसी बस्न थालेपछि त्यस्ता कर्मचारीलाई विभागीय कारबाही हुने भएको हो । साथै रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाटै असुलिने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक परिपत्र जारी गर्दै सरुवा भएको सात दिन भित्र रमाना लिई नगए निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजाय हुने जनाएको हो ।

हालसम्म सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई सात दिन भित्र सोको जानकारी गराउन मन्त्रालयले भनेको छ ।

‘सरुवा, पदस्थापन, कामकाज, काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना नलिएमा निजामती सेवा नियमावली, २०५० को नियम ६८ बमोजिम विभागीय सजायको प्रक्रिया शुरु गरी सोको जानकारी यस मन्त्रालयलाई पठाउने’ परिपत्रमा भनिएको छ । ‘निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बनिधत कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुल उपर गर्नका लागि लेखा परीक्षण गर्ने निकायलाई अनुरोधसहित पत्राचार गर्ने’

उल्लेखित निर्णय कार्यान्वयन नगर्ने नगराउने विभागीय प्रमुख, कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६०(क) बमोजिम विभागीय सजायसम्बन्धी कारबाही गरिनेसमेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार हाल यसरी अटेर गरी बस्ने कर्मचारीको संख्या हजारौँ रहेको छ । ‘अनेकन तिकडम गरेर बस्ने यस्ता कर्मचारीको संख्या १४-१५ सय होला’ स्रोतले भन्यो, ‘सहसचिवसम्मै पनि यसरी भेटेको पाइएको छ ।’

यसरी बस्ने धेरैजसो कर्मचारी राजनीतिक आड तथा व्यापारिक साँठगाँठबाटै परिचालित हुने गरेका छन् । नागरिकलाई सेवा दिने भन्दा पनि उल्टो दुःख दिई असुल उपर गर्ने र त्यसको निश्चित हिस्सा संरक्षणकर्ताकहाँ भेटी चढाउने गरेकै कारण निजामती सेवा ऐन तथा नियमावली निम्छरा कर्मचारीका लागि मात्रै जस्तो बन्दै आएको छ ।

यसरी बस्ने कर्मचारीहरू मालदार भनिएका निकायहरूमा अत्याधिक रहेका छन् । कतिपय त हाकिमहरूकै सेटिङमा काजमाथि पनि काज र दरबन्दी नै नभएको स्थानमा खटाइएका छन् भने स्टोरवालाहरूको चर्चा त सुनिसक्नु छैन । जसलाई उस्तै परे मन्त्री तथा प्रधानमन्त्रीबाटैसमेत संरक्षण हुने गरेको छ, जुन कानुनी शासनमा यो भन्दा लज्जास्पद सायदै होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।