२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पर्सा प्रहरीले भन्सार छली गरेर ल्याइएका चामलहरु नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, बैशाख २९, २०८०


(रोशन निधि)
पर्सा । बिरगंज विभिन्न किसिम (Brand) का चामलहरू भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको प्राप्त सूचना अनुसार मिति २०८०।०१।२९ गते अन्दाजी .०२:०० बजेको समयमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.११ रानीघाट बाट प्रकाश कुमार गुप्ताको पसल अगाडी लुकाइ छिपाइ गोदाममा राखिएको रु.१,२०,८७८।- (एक लाख बीस हजार आठ सय अठहत्तर) बराबरको ७४ बोरा चामल बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै मिति २०८०।०१।२९ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्र्वक्ता एवम् सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।