२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

डिआइजी भट्टराईले नागरिक मैत्री प्रहरी भएर काम गर्न पर्सा प्रहरीलाई निर्देशन

Logo
प्रकाशित शनिबार, बैशाख ३०, २०८०

ABC (क्राईमबिट) जनकपुर । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी जनक भट्टराईद्वारा जिल्ला प्रहरी पर्साको कार्यालय भवन,हिरासत कक्ष, विभिन्न शाखाहरुको निरीक्षण र पर्सा जिल्ला मातहत प्रहरी प्रमुखहरुलाई डिआइजी भट्टराईले नागरिक मैत्री प्रहरी भएर काम गर्न आवश्यक निर्देशन दिनु भएको छ ।

निर्देशन सम्बोधनको क्रममा अवैध भन्सार चोरी निकासी पैठारीको प्रभावकारी नियन्त्रण गर्न व्यापक रुपमा प्रहरी परिचालन गर्ने, सिमानाकामा रहेका प्रत्येक प्रहरी युनिटहरुको निरीक्षण तथा कार्यसम्पादन अनुगमन, जाली नोट तथा हुण्डी कारोवार नियन्त्रण, मिटर ब्याज नियन्त्रणलाई प्रभावकारी बनाउने, संगठित अपराध तथा अपराधिक गतिविधी नियन्त्रण, अपराधिक गतिविधी नियन्त्रणमा उच्च प्राथमिकताका साथ नविनतम प्रविधिको प्रयोगलाई निरन्तरता दिने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।