
(बिदुर एमसी)
दाङ । राप्ती गाउँपालिका वडा नं. २ कठहा स्थित राप्ती नदिको किनारमा मापदण्ड बिपरित रा.१ त. २१४५ नम्बरको ट्याक्टरले कठाह घाटबाट अवैध रुपमा नदिजन्य पदार्थ मिस्कट गिट्टी ,बालुवा उत्खनन गरी ओसार पसार गरी रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारबाहीको लागी राप्ती गाउँपालिकाको कार्यालयमा पठाई । रु २०,०००।- बीस हजार जरिवाना गरि छाडिएको ईलाका प्रहरी भालुवाङले जानकारी दिएको छ ।