१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

दाङल प्रहरीले प्रहरी निरीक्षक पुष्कर सिंह एरी र प्रहरी निरीक्षक रोशनराज पाण्डेको सम्मानपूर्वक बिदाई,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ ०४, २०८३

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो।

सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो ।

दाङले दुई जना अनुभवी अधिकृत गुमायो। अर्कोतिर उहाँहरूले जानेको ठाउँले अनुभवी अफिसर पायो। प्रहरी संगठनमा यस्तै घुम्दै नयाँ ठाउँमा नयाँ अनुभव लिने चलन छ।

“फेरि भेटौला” भन्नुको मतलब नै त्यही हो – बिछोड अन्तिम होइन। तालिममा, सेमिनारमा, अर्को जिम्मेवारीमा भेट हुन्छ नै।

INS रोशनराज पाण्डे र INS पुष्कर सिंह एरीको नयाँ कार्यस्थलमा सफल कार्यकालको शुभकामना। दाङले दिएको माया र अनुभव सधैं उहाँहरूसँग रहोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]

  दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको […]

  दाङ । उहाँ पत्रकार, साहित्यकार र *घोराही बनाऔँ अभियानका संयोजक* हुनुहुन्छ। पछिल्लो अन्तर्वार्तामा उहाँले आफैं भन्नुभएको छ – > “स्थानीय निर्वाचनमा उठ्छु भनेर पहिले नै घोषणा गरिसकेको छु।” तर अहिले पद भन्दा काम ठूलो हो। उहाँको अभियानका मुख्य कुरा *१. घोषणाभन्दा काममा जोड:* “घोषणा गरेर मात्र नागरिकको विश्वास प्राप्त हुँदैन। नागरिकका बीचमा गएर काम […]