०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

भ्युज बढाउन भाइरल हुन प्लेन दुर्घटना गराउने युट्युबरलाई २० वर्ष जेल सजाय

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

(ABC-Sanchar) काठमाडौँ । सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतले सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजायको नजिक पुर्‍याएको छ ।

क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले २०२१ मा ‘आई क्र्यास्ड माई एयरप्लेन’ नामक भिडियो युट्युबमा अपलोड गरेका थिए । झन्डै ४० लाख जनाले हेरेको उक्त भिडियोमा उनलाई आफ्नो प्लेनको सबै भागमा क्यामरा राखेर प्लेन उडाउँदै गरेको र केही समय पछि प्यारासुटको सहायताले ओर्लिएको देख्न सकिन्छ ।
पछि दुर्घटना गराएको स्थानमा फर्केर आफ्नो दर्शकलाई समेत ढाँटेका जेकबले अमेरिकी सरकारी निकाय नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डलाई दुई दिनपछि मात्रै दुर्घटनाको जानकारी गराएका थिए । बोर्डले दुर्घटनास्थललाई अनुसन्धानको लागि जोगाउने भनेकोमा युट्युबरले हेलिकप्टरमा सो स्थानमा फर्केर प्लेनको बचेका टुक्रा लिएर हिँडेका थिए । उनलाई पछि अनुसन्धानकै क्रममा पनि बारम्बार ढाँटेको र अमेरिकाको संघीय न्यायिक अनुसन्धानलाई बारम्बार प्रभावित गर्न खोजेको आरोप पनि लगाइएको थियो । त्यसलाई उनले स्वीकार गरेका छन् । अमेरिकी कानुनअनुसार यस्तो अभियोगमा २० वर्षसम्म जेल सजाय हुन सक्छ ।

जेकबले शुरूमा अनुसन्धानकर्ताहरूलाई प्लेन उड्दा-उड्दै बन्द भएकोले आफू प्यारासुटको सहायतामा उत्रनु परेको भनेर झुक्याएका थिए । तर युट्युबमा रहेको भिडियोमा उनले सेल्फी स्टिकको सहायताले आफू झरेको मात्र नभएर प्लेन खसेको दृष्‍य पनि अपलोड गरेका छन् । एक वालेट कम्पनीको विज्ञापन गर्ने गरी सो भिडियोका लागि प्रायोजन पाएका जेकबले पहिले वालेटको प्रवर्द्धन गर्ने लामो भिडियो पनि अपलोड गरेका थिए, जुना अहिले हटाइसकिएको छ । अमेरिकाको संघीय उडान प्राधिकरणले सन् २०२२ को अप्रिलमा उनको पाइलट लाइसेन्स रद्द गरिदिएको थियो । सन् २०१४ को हिउँदे ओलम्पिकमा सहभागिता जनाएका जेकब आफ्नो स्नोबोर्डिङ करियर छोडेर युट्युबर बनेका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

चितवन । पिपलडाँडा – राम्दी खण्डको हबी होटल अगाडिको घुम्ती अहिले “कालो घुम्ती” बनेको छ।बगनासकाली गाउँपालिका-4, सेरा। सिद्धार्थ राजमार्गकै सबैभन्दा जोखिमपूर्ण मोड मध्ये एक। 2. *दुर्घटनाको कारण – ‘कचुवाई/बेकर’*: – *घुम्ती धेरै साँघुरो + अचानक*: बुटवलबाट पाल्पा उकालो लाग्दा स्पिडमा आएको गाडीलाई मोड देखिँदैन। साइडको भीरले ब्लाइन्ड स्पट बनाउँछ। – *ढलान/ग्राभेलको समस्या*: घुम्तीमा ढलान भत्किएको, […]

दाङ । घोराहीस्थित अम्बिकेश्वरी कलेजले आयोजना गरेको खेल सप्ताहमा सहभागी भएर विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ। कलेजले शुक्रबार घोराहीमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो। कलेजका विद्यार्थी संजीव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणराज गौतम, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका […]

error: Content is protected !!