२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

प्रदेश प्रहरी प्रमुख डिआईजी बास्तोला जिल्ला प्रहरी धनकुटाको निरीक्षणमा

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०

ABC (क्राईमबिट) धनकुटा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव डीआईजी महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिराषत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न निर्देशन दिएका छन् ।

नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै, समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ-आफ्नो पदिय दायित्व निर्वाह गर्नु पर्ने बताएका छन् ।

शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न, सभ्य र शिष्ट भाषा प्रयोग गरी आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा तालुक कार्यालयबाट भएका आदेश निर्देशनलाई तल्लो दर्जाका कर्मचारी समेतलाई जानकारी गराई अक्षरस पालना गर्न गराउन निर्देशन दिएका छन् ।

आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा शान्ति सुरक्षा कायम राख्न लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र सवारी दुर्घटना न्युनिकरण तथा सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।

त्यसैगरी कुनै पनि प्रहरी आपराधिक गतिबिधि तथा त्यस्ता प्रवितिका ब्यक्तिहरु संग साँठगाँठ गरेको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने समेत उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।