२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रदेशहरु स्वयत्त नभए संघीयताको आवश्यकता नहुने सभामुख : घर्ती

Logo
प्रकाशित बुधबार, जेठ ०३, २०८०

(बिदुर एमसी)
दाङ । भालुवाङ लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेशहरु स्वयत्त नहुने हो भने संघीयताको आवश्यकता नहुने बताएका छन् । उनले संघ सरकारले जे—जे गर्छ, प्रदेश सरकारले पनि त्यही—त्यही गर्नुपर्ने अवस्था संघीयता हुनै नसक्ने जिकिर गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यका देउखुरीको भालुवाङमा आयोजित लुम्बिनी प्रदेशसभाबाट सम्पादित कार्यहरुको समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख घर्तीले केन्द्रमा सरकार ढले प्रदेशको सरकार ढल्नुपर्ने, केन्द्रमा संसद बिघटन हुँदा प्रदेशमा पनि संसद बिघटन हुने परिपार्टी संघीयता हुन नसक्ने ठोकुवा गरे ।

उनले काठमाडौँले नै सबै डिसिजन गर्ने, अनि काठमाडौँ कै डिसिजिनमा सबै लाग्ने हो भने किन संघीयता चाहियो ? प्रश्न गरे । सभामुख घर्तीले सुरक्षा, परराष्ट्र र मुद्राको अधिकार मात्र केन्द्रमा रहने र बाँकी अधिकार प्रदेशलाई हुने गरी स्वयत भए मात्र संघीयता सफल हुने बताए ।

प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुनको अध्यक्षता एवम् सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशसभाकी प्रवक्ता सम्झना सुवेदीले प्रदेशसभाले अहिले सम्म गरेका प्रगतिका बिषयमा प्रस्तुति राखेकी थिइन् भने नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य राधा नेपालीले सुझाब सहितको मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन प्रदेशसभाका बिजय पोख्रेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]