२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अपाङ्गता भएका व्यक्तिहरूकाे जिविकाे पार्जन सम्बन्धी प्रदेशस्तर अन्तरक्रिया सम्पन

Logo
प्रकाशित बिहिबार, जेठ ०४, २०८०

(बिदुर एमसी) दाङ । भालुवाङ अपाङ्गता भएका व्यक्तिहरूकाे समावेशी, जिविकाेपार्जन तथा नीति तर्जुमा सम्बन्धी प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम आज लुम्बिनी प्रदेशकाे राजधानीस्थल राप्ती उपत्यकाकाे भालुवाङमा सम्पन्न भएकाे छ । अपाङ्ग शसक्तिकरण एवम् सञ्चार केन्द्र बाँकेकाे आयाेजना एवम् सिबिएम नेपालकाे आर्थिक सहयाेग तथा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकाे समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश अध्यक्षका हुमनाथ अधिकारीकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देबकाेटाकाे प्रमुख आतिथ्यतामा प्रदेश सरकारले बनाउने नयाँ बजेटमा अपाङ्गता भएका व्यक्तिहरूलाई जिविकाेपार्जन संग जाेड्न र आवश्यक बजेटकाे व्यवस्था गर्ने उद्देशले अन्तरक्रिया गरिएकाे आयाेजकले जनाएकाे छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश समाजिक विकास शाखा प्रमुख शारदा बस्याल र डेक नेपालका प्रतिनिधि पारस विकले अपाङ्गताका सवालमा सरकारले गरेकाे काम, वर्तमान अवस्था, चुनाैती र भावी याेजना लगायतका बिषयमा प्रस्तुतिकरण गर्नु भएकाे थियाे ।

अपाङ्ग शसक्तिकरण एवम् सञ्चार केन्द्रका उपाध्यक्ष इन्द्र शेरचनकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई अब राज्यले सीप र आयआर्जन संग जाेड्न सके मात्र अपाङ्गता भएका ब्यक्तिहरूकाे सही व्यवस्थापन हुने बताएका थिए । त्यसका लागि प्रदेश र स्थानीय सरकारले थप याेजना बनाउनुपर्ने बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा बाँकेकाे बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला राेकाय, काेहलपुर नगरपालिकाका समाजिक विकास समिती संयाेजक
ईश्वरीप्रसाद विश्वकर्मा, काेहलपुर नपास्तरिय अपाङ्ग सञ्जालकी अध्यक्ष, कमलादेवी सापकाेटा र बैजनाथ गाउँपालिका स्तरिय अपाङ्ग सञ्जालकी अध्यक्ष देबिसरा बुढा लगायतका बक्ताले आ-आफ्नाे भनाई राख्नु भएकाे थियाे ।

कार्यक्रमकाे सहजीकरण महासंघका संघीय अध्यक्ष देबिदत्त आचार्यले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे
सञ्चालन डेक नेपालका जनवकाल संयाेजक धिरेन्द्र विश्वकर्माले गर्नु भएकाे थियाे । हाल लुम्बिनी प्रदेशभरि दश प्रकारका अपाङ्गहरू गरी जम्मा एक लाख २१ हजार २ सय ८९ जना रहेकाे तथ्यांक रहेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।