२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अर्घाखाँची प्रहरीले करोड भन्दा धेरै रुपैया ठगी गर्ने व्यक्तीहरू पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ ०४, २०८०


ABC (क्राईमबिट)
अर्घाखाँची । प्रतिवादी सिता रेग्मी समेत भएको जाहेरवाला राम बहादुर बस्नेतको नाममा रहेको लु. २ ख. २१४१ र लु. २ ख. २१५६ नम्बरको २ वटा बसहरु नविन भुसाल र दामोदर न्यौपानेलाई दिने निजहरुबाट जाहेरवालाले लिनु पर्ने जिल्ला कपिलबस्तु साविक मोतिपुर गा.वि.स. वडा नं. ४ ख को कि.नं. ६०१,२४२५,३४२७ गरि ३ कित्ता जग्गाबाट ०-१०-०६ (दश कट्ठा छ धुर) जग्गा लिने सो जग्गा लिंदा नविन भुसाल र दामोदर न्यौपानेलाई थप्नु पर्ने रकम सिता रेग्मीले दिने र उक्त जग्गा सिता रेग्मीको नाममा पास गरि जाहेरवालाले तिर्नु पर्ने १,१५,००,०००।–(एक करोड पन्ध्र लाख) रकम सिता रेग्मीलाई रकम बुझाएपछी जग्गा जाहेरवालाको नाममा पास गरि दिने भनि सल्लाह अनुसार निज प्रतिवादी सिता रेग्मी र जाहेरवाला राम बहादुर बस्नेत बिच भएको सम्झौता अनुसार जाहेरवालाले उक्त रकम निज प्रतिवादी सिता रेग्मीको नाममा पठाउन खोज्दा अन्य प्रतिवादीहरु मोविन रेग्मी र पार्वती कुमारी भण्डारीको नाममा बिभिन्न बैंक मार्फत पठाउन लगाई व्याज सहित गरि रु. १,३२,५५,०००।–(एक करोड बत्तिस लाख पचपन्न हजार) भुक्तानी लिएपछी जे गर्ने हो गर मैले तँलाई जग्गा दिन्न भनि बिभिन्न प्रलोभन तथा झुक्यानमा पारि ठगी गरेको भन्ने ठगी सम्बन्धी कसुरको अनुसन्धानको शिलसिलामा उक्त ठगि कसुरमा संलग्न निम्न ब्यक्ति हरु भागि फरार रहेकोमा खोजतलाश गर्ने क्रममा मिति २०८०।०२।०२ गते पक्राउ गरि ठगी कसुर मुद्दा शिर्षकमा दर्ता गरि सम्मानित अर्घाखाँची जिल्ला अदालतबाट मिति २०८०।०२।०२ गते देखि लागु हुने गरि दिन ५ म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

(क) जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. ७ वनगाई बस्ने बर्ष ३७ की सिता रेग्मी ।
(ख) ऐ.ऐ. बस्ने बर्ष अं. ३२ को मोविन रेग्मी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।