२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङ प्रहरीले चोरी गर्ने नक्कली पत्रकार ६० हजार बढी नगदसहित पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ ०६, २०८०

ABC (क्राईमबिट)
दाङ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा राती घरभित्रै पसेर चोरीगर्ने एकजना नक्कली पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ६ खाँग्रानाका घर बताउने अन्दाजी २५ बर्षिय टोपेन्द्र सिँह ठकुरीलाई शनिबार बिहान पक्राउ गरिएको हो ।

घटनाको प्रकृति हेर्दा उनी राती १ बजे गाउँ छिरेको प्रहरीको अनुमान छ । पालैपालो प्रत्यक घरमा चोरीको प्रयास गरेका छन् । जसमध्य जानकि चौधरीको ताला फोडेर नगद ४८ हजार, निरु चौधरीको नगद २ हजार, लमही-६ मध्यनगर घर भई बनघुस्री पाहुना पर्न आएकि पुष्पा चौधरीको नगद ५ हजार चोरी भएको पिडितले बताएका छन् ।

त्यस्तै जिउ नारायण चौधरी र रघुबिर चौधरीको ढोका र झ्याल फोडी चोर्ने प्रयास गरिएको छ । त्यस लगत्तै घरका मान्छेले थाहा पाएपछि हल्ला हुन थाल्यो । स्थानियहरु चोरको खोजीमा लागे । त्यसबेला करिब बिहान ३ बजिसकेको थियो । खोजि गर्दैगर्दा स्थानियले टाढाबाट देखे तर उनी ब्यपत्ता भए । उनको मोटरसाईकल गाउँदेखी पश्चिम सामुदायिक भवनको छेउछाउँमा फेला पर्यो । चोरीगर्ने ब्यक्ति यतै छन भन्ने थप सँका पैदा भयो । प्रहरी र स्थानियले चारैतिर खोजतलास गर्दा उनी नयाबस्तीमा पैदल भेटिए । हुलियाको आधारमा उनलाई नियन्त्रणमा लिईएको थियो । चोरी गर्ने अरु कोही नभई उनी नै थिए । नियन्त्रणमा लिएपछि उनले आफुलाई पत्रकार भनेर चिनाउन थाले । तर उनी दाङका कुनैपनि मिडिया तथा पत्रकार संगठनमा आबद्द नरहेको खुलेको छ । अचम्म त यो छकि उनी सवार भे ७ प २८८४ नम्बरको मोटरसाईकलको अगाडि भागमा (Press) लेखिएको छ ।

प्रहरी चौकि गोझेनामा उनलाई सोधपुछ गर्दा आफु एक्लै रहेको बताए । तर स्थानियले अरु २ जना स्कुटरमा भागेको बताउछन् । ठकुरीको साथमा केही भेटिएन । चोरी गरेको रकम उनले नयाबस्तीमा पक्राउ पर्नु अघिनै बाटोको किनारमा झारमा लुकाईसकेका थिए । पछि प्रहरीको दवावपछि उनले बाटोमा लुकाएको बताए । उनले लुकाएको स्थानबाट नगद ६० हजार २ सय २० रूपैया

त्यस्तै ठकुरी नियतले खराब भएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाले बताए । ‘पहिले राजपुर बासिन्दा हुन, अहिले लमही बस्नुहुन्छ वडाध्यक्ष रोकाले भने-मलाई लाग्छ उहाँहरुको यो पेशा जस्तै हो, यस्ता घटना थुप्रै छन् ।’

यस्तै ठकुरी चोरी गर्नेमा माहिर छन् । उनका नजिकका अनुसार उनी सुनदेखी नुनसम्म पनि चोरी गर्न पछि पर्दैनन । समय सधैजसो एकैनास छैन । पहिले चोरी गरेर खुलेयाम हिड्ने गरेपनि अहिले उनी प्रहरीको फन्दामा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।