०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

अमेरिका रङ्गशालामा भागदौड हुँदा ९ जनाको मृत्यु धेरै भन्दा धेरै घाइते

Logo
प्रकाशित आइतबार, जेठ ०७, २०८०

(ABC-Sanchar)
काठमाडौं । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन) ले जनाएको छ । प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्याइएको छ ।
प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको कलकता घर भइ हाल काठमाडौँ महानगरपालिका २६ भेडासिंह बस्ने ४१ वर्षीय मानिक दास रहेका छन्। प्रहरीले एक किलो ४८२.८१ ग्राम सुनका गहना बरामद गरेको हो। उनले त्यहाँ सुनचाँदीका गरगहना अवैध रुपमा बिक्री वितरणका लागि भण्डारण गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो। घरको माथिल्लो तलामा उक्त गहना लगायतका सामान […]

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज  प्रकाशित गरेको सूचनाअनुसार  प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे ।  खुलातर्फ  ११४ जना मागेकाे छ भने  बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ। असई पदका लागि […]

बाँके । नेपालगन्ज भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएको प्रतिबन्धित सामान खाने तेल ल्याउन पाइँदैन, प्रहरीले जफत नै गर्छ। यो नियम सबैका लागि बराबर हो। जमुनाहा नाकामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर देशको कानुनको रक्षा गरिरहेका छन्। राज्यको कानुन कार्यान्वयन गर्ने राष्ट्रसेवक कर्मचारीमाथि हातपात र गालीगलौज गर्नु अत्यन्तै निन्दनीय […]