२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अर्घाखाँची प्रहरीले बनमा आगो लगाउने एकजना महिला पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

 

ABC (क्राईमबिट)

अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा नं. ८ छेडा पोखेडाँडा स्थित तिलक पाण्डेको खर्‍यानमा आगोलागी भएको भन्ने खबर प्रहरी चौकी खिल्जिमा प्राप्त हुनसाथ तत्काल उक्त चौकीबाट प्रहरी र स्थानियहरु भेला जम्मा भई आगो निभाउने कार्य भएको र आगो को कसले कसरी लगायो भन्ने सम्बन्धमा अनुसन्धान गर्दा ।

जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालीका वडा नं. ८ छेडा बस्ने वर्ष ३७ की रिता नेपालीले आफ्नो खर्‍यानमा रहेको काँडामा आगो लगाउने क्रममा आगो अनियन्त्रित भई ऐ.ऐ स्थित पोखेडाँडा सामुदायिक वनमा सल्किन गएको भनि खुल्न आएको हुँदा आगो लगाउने निज महिलालाई स्थानिय र प्रहरीको सहयोगमा खोजतलास गरि नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीमा बुझाईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]