२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाईको कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठ विवादमा सरुवा बढुवामा चलखेल

Logo
प्रकाशित बुधबार, जेठ १०, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रचण्ड सरकारका सबैभन्दा लोकप्रिय मन्त्रीका रुपमा चर्चामा छन् । सुराकीको पैसा खारेजदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म उनको अडानको प्रशंसा भइरहेको छ ।

तर, उनी निकटका केही व्यक्तिहरू अनेक चलखेलमा संलग्न छन् । सचिवालयका व्यक्ति तथा आफन्तहरू प्रहरीको सरुवा–बढुवामा लागेको स्रोतले बताएको छ ।

उनका दाई मानकाजी श्रेष्ठ भन्ने व्यक्तिबाट प्रहरी अधिकारी हैरान भएका छन् । मानकाजीले नियमविपरीत काम गर्न दबाब दिने गरेको प्रहरी अधिकारी बताउँछन् । पछिल्लो समय अनामनगरको एक रेष्टुरेन्टको विषयलाई लिएर मानकाजीले प्रहरीलाई दबाब दिएका छन् ।

भाडा विवाद लगायतका कारण अनामनगरको हनुमानस्थानस्थित क्विन्स् किचेन रेष्टुरेष्टलाई एक वर्षअघि महानगरपालिकाले बन्द गराएको थियो । दुई वर्षदेखि शक्तिको आडमा भाडा नतिरी सुजाता कोइरालाका पूर्व पिए भरत सापकोटा लगायतले सो रेष्टुरेन्ट चलाउँदै आएका थिए । महानगरपालिकाले बन्द गराएपछि उनीहरु अदालत गएका थिए । तर, आफु अनुकुल फैसला भएन ।

अहिले शक्ति दुरुपयोग गरी सो रेष्टुरेन्ट चलाउने उनीहरुको प्रयास जारी छ । त्यसका लागि गृहमन्त्रीका दाई मानकाजीमार्फत उनीहरुले विभिन्न निकायमा दबाब दिइरहेको स्रोत बताउँछ । जसकारण दाईका कारण गृहमन्त्री पनि विवादमा पर्न थालेका छन् । गृहमन्त्री श्रेष्ठ आफन्तबाट जोगिन सकेनन् भने बदनाम हुने बाटोमा लाग्ने छन् ।दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]