२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कार्यक्षेत्रमा अब्बल भएर काम गर्न मधेस प्रदेश तालिम केन्द्र प्रमुख कार्कीको निर्देशन

Logo
प्रकाशित बुधबार, जेठ १०, २०८०

ABC (क्राईमबिट)

राजबिराज । मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा मिति २०८० बैशाख १० गतेबाट संचालित २६ कार्यदिन अवधिको अपराध अनुसन्धान तथा नियन्त्रण (प्र.ज. देखि प्र.व.ह.) तालिम नवौँ समुहको जेष्ठ १० गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन गरिएको छ ।


उक्त कार्यक्रममा तालिम संयोजक प्र.नि.मेदनी प्रसाद साहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्र.ना.नि. सुरज खवासले कार्यक्रम संचालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र, वितरण गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा बधाई दिनु भई तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा कार्य सम्पादन अब्बल भएर गर्न निर्देशन दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]