२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

यातायात व्यवस्था कार्यालय वीरगंजमा ३ कर्मचारीहरु ४ बर्षदेखि एउटै शाखामा रजाई

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०

 

(ABC-Sanchar)

पर्सा । बिरगंज नारायणी यातायात ब्यवस्था कार्यालय पर्सामा तीन कर्मचारी वर्षौ देखि एउटै शाखामा रहि काम गरी रहेको पाइएको छ। सब भन्दा बडि भ्रष्टाचार हुने कार्यलयको रुपमा रहेको यातायात कार्यलयमा कर्मचारीको वर्षौ देखि सरुवा नभइ एउटै शाखामा काम गरी रहनु शंकाको बिषय भनेको छ।

नारायणी यातायात कार्यलय पर्सामा लाईसेन्स फांट तर्फका तीन जना कर्मचारी पहुँचको भरमा सरुवा नगराई वर्सौ देखि यहि बसेको खुलाशा भएको छ। यातायात ब्यवस्था कार्यालयका इञ्जिनियर अमित कुमार दास चार बर्ष देखि यातायात कार्यालयमा वीरगन्जमा नै कार्यरत रहेका छन् । उनी २०७६ साल असार ८ गते कार्यालयमा हाजिर भएका थिए । उनको कार्यकाल चारबर्ष भन्दा बढी भएपनि अझै यातायात ब्यवस्था कार्यालय लाईसेन्स तर्फ नै कार्यरत रहेका छन् ।

त्यस्तै अर्का अधिकृत छैठौं तहका मुकेश कुमार कुश्वाहा पनि सरुवा नलिई वीरगन्ज मै बसेका छन् । उनी २०७६ साल जेठ २ गते वीरगन्ज स्थित कार्यालयमा आएका थिए । अर्का छैठौं तहकै कर्मचारी रञ्जित कुमार साह पनि यातायात व्यवस्था कार्यालय वीरगन्जको लाईसेन्स तर्फ नै कार्यरत रहेका छन् ।

उनको रौतहटको गौर स्थित यातायात सेवा कार्यालयमा दरबन्दी रहेपनि काजमा यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत रहेका छन् । उनी पुर्ब मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको पहुचको भरमा गौर स्थित यातायात सेवा कार्यालयबाट काज सरुवा गरेर वीरगन्ज स्थित यातायात कार्यालयमा आएको स्रोतको भनाई छ ।

यी तीनैजना कर्मचारीहरु माथिल्लो निकायलाई आर्थिक प्रभावमा पारेर सरुवा रोका गरेर यातायात व्यवस्था कार्यालय वीरगन्जमै बसिरहेको स्रोतको दावी छ ।

लाइसेन्स तर्फ सबभन्दा पैसाको चलखेल हुने भएको ले कर्मचारीहरुले माथिल्लो निकायमा मोटो रकम बुझाएर आफ्नो सरुवा रोक्का गरेको स्रोतले बताएका छन। यी नै तीन कर्मचारीको सेटिङमा अहिले पर्साको यातायात कार्यलय चलि रहेको अन्य कर्मचारीहरुले बताउने गरेका छन। पैसा खाएर लाइसेन्स पास गराइदिने तथा पैसा नदिएकाहरु लाई पास भएको अवस्थामा पनि झुक्याएर फेल गराइदिने गरेका छन ।

अहिले मोटरसाइकलको लाइसेन्समा पास गराइ दिने बहानामा बिचल्लीया मार्फत कर्मचारीहरु ले बार्ह हजार देखि पन्द्र हजार सम्म घुस लिने गरेका छन। त्यस्तै चार चक्के गाडीको लाइसेन्स बनाइ दिने बहानामा पच्चीस देखि चालीस हजार सम्म घुस लिने गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]