२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपालगन्जको मुख्य बजारमा दिनदहाडै व्यापारीमाथि आक्रमण फोन गर्दा एसपी राठौर बेखबर ??

Logo
प्रकाशित मंगलबार, जेठ १६, २०८०

 

ABC (क्राईमबिट)

बाँके । नेपालगन्जको जयसपुरबाट एक हुल आएको युवाहरुले सदरलाइनमा स्थानिय एक व्यापारीलाई एक्कासी आक्रमण गर्दा स्थानिय व्यापारी र युवा विच झडप भएको हो ।

अन्धाधुन्दा लाठी र राड प्रहारले व्यापारी र स्थानियलाई समेत चोटपटक लागेको थियो ।

पहिलो पटक आक्रमण गरेर गएका युवाहरुले पुनः दोश्रो पटक आक्रमण गरेपछि स्थानिय व्यापारी र युवाहरु मिलेर केही युवाहरुलाई समातेर कुटपिट गरेका छन् ।

प्रहरीका अनुसार पुरानो झगडा भएर सो घटना भएको हो। अहिले ब्यापारी र आक्रमणकारीको टोलीलाई वडा प्रहरी कार्यालयमा ल्याइएको छ।

दोहोरो झडप हुँदा स्थानीय ब्यापारीहरुले सिधै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरलाई पटकपटक फोन सम्पर्क गर्दा फोन न उठाएर बेवास्ता गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।