२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारतबाट पेट्रोल र डिजलको मूल्य बढेर आयो अब नेपालमा के हुन्छ ?

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०


(ABC-Sanchar)
काठमाडौं । इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा पठाउने पेट्रोलियमको नयाँ मूल्यसूची अनुसार डिजलमा प्रतिलिटर २.४ रुपैयाँ र पेट्रोलमा २.८ रुपैयाँ मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार यो नयाँ मूल्यसूची अनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर १३ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ ।

यस्तै भारतबाट हवाइ इन्धन र ग्यासको मूल्य भने घटेर आएको छ। यसमा नयाँ मूल्यसूची अनुसार हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेर आएको निगमले जनाएको छ। यसले अब हवाइ इन्धनमा आन्तरिकतर्फ ४६ रुपैयाँ र बाह्यतर्फ ८४ रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।

यसैगरी, एलपी ग्यासमा प्रतिसिलिण्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ। निगमका अनुसार अब ग्यास हुँदै आएको घाटा प्रति सिलिण्डर १६० रुपैयाँमा सिमित भएको छ । यही मूल्य यथावत रहेमा निगमले आगामी १५ दिनमा १ अर्ब ७५ करोड नाफा कमाउने निगमले जनाएको छ ।

निगमले आगामी दिनमा हुने भुक्तानीको समयमा बाँकी ३ अर्ब बक्यौता रकम तिरेर सिध्याउने जनाएको छ। त्यसपछि सरकारको तिर्न बाँकी ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिने निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]