२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ ट्राफिकले चालक र सहचालकको सडकमै नि.शुल्क स्वास्थ्य परिक्षण

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०

(सागर थापा)

दाङ । अस्थायी ट्राफिक प्रहरी कार्यालय लमही वडा प्रहरी कार्यालय लमही आँखा अस्पताल लमहीको सयुत्त आयोजनामा एक कार्यक्रमको आयोजना गरि ६२ जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ ।

ट्राफिक प्रहरीले सवारी चालक तथा सह चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ती चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो ।

लमहीको रातो डाढा र बसपार्कमा स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकहरुको लागि स्वास्थ्य परिक्षण गर्नुका साथै आखाको पनि चेक गर्दै उनीहरुलाई विभिन्न प्रकारका परामर्श दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक किरण प्रकाश मल्लले बताएका हुन् ।

शिवीरमा २ घन्टा मात्र ६२ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण गराएका थिए ।

उक्त कार्यक्रम दाङको लमहीमा नि.शुल्क स्वास्थ शिविर परिक्षणका क्रममा अधिकाशंलाई ब्लड प्रेसर र आँखाको समस्या देखिएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका ट्राफिक प्रमुख लक्ष्मण एयरले जानकारी दिएका छ्न ।


लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले दाङ ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको स्वास्थ शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने अस्थायी ट्राफिक प्रहरी कार्यालय लमही दाङले जनाएको छ ।

यस्तै दाङको देउखुरी सिसहनियामा स्कुलको विद्यार्थीहरुलाई जेब्रा क्रसिङ्ग बाट बाटो कसरी कात्न भनेर सिकाउदै दाङ जिल्ला ट्राफिक प्रमुख मल्लले साथै कार्यक्रम अस्थायी ट्राफिक प्रहरी पोस्ट लमही आँखा अस्पताल लमही नागरिक समाज जनप्रतिनिधि यातायात व्यावसायि एवं पत्रकारहरु लगाएतको सहभागिता रहेकोे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]