०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

रोटरी क्लब तुल्सीपुरद्वारा डेस्क बेन्च र खेलकुदका सामाग्री हस्तान्तरण

Logo
प्रकाशित शुक्रबार, जेठ १९, २०८०

(तुफानबाबु श्रेष्ठ)
दाङ । रोटरी क्लब अफ तुलसीपुर सिटिले एक कार्यक्रमका बिच पश्चिम दाङको शान्तिनगर गाउपालिका वडा न. ५ स्थित श्री आदर्श माध्यमिक विद्यालय काशिपुरमा शुक्रवार १० सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
क्लबका भाबी अध्यक्ष पबन कुमार योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी शान्तिनगर गाउपालिका वडा न. ५ का अध्यक्ष ओपेन्द्र बहादुर रावतले राज्यको निकायले गर्नुपर्ने यस्ता कार्यहरुलाई रोटरी क्लब अफ तुलसीपुर सिटिले प्राथमिकतामा राखेर सहयोगी हात बढाएकोमा खुशी व्यक्त गर्नु भयो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक बिजय केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केसीले यस विद्यालयको आवश्यकतालाई सधैं वोध गरेको बताउदै विगतमा पनि उक्त विद्यालयमा कम्प्युटर, खानेपानी ट्यान्की निर्माण गर्नुका साथै शैक्षिक सामाग्री पनि बितरण गरिएको जानकारी दिनुभयो । साथै उहाँले अमेरिकामा बसोबास गरिरहेका आप्रबासी नेपालीहरुको आर्थिक सहयोगमा डेस्क बेन्च र खेलकुदका सामाग्री हस्तान्तरण गर्न सम्भब भएकोले ती सहयोगी दाताहरु भोजराज भट्ट, विदुर खतिवडा, देवराज न्यौपाने, गेहेन्द्र केसी, गोपाल रेग्मी, कुलराज न्यौपाने, लीला बहादुर केसी, लीला डाँगी, शिव न्यौपाने, सुधिर रजौरे, टोप बहादुर डाँगी र यज्ञ भण्डारीलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रममा श्री आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष द्रोण बहादुर केसी, विद्यालयका प्रधान अध्यापक बिनोद डाँगी, आरसीसी भिलेज काशिपुरका अध्यक्ष फत्ते बहादुर खड्का, शान्तिनगर उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, रोटरी क्लब अफ तुलसीपुर सिटीका पुर्व अध्यक्ष बिमल रिजाल, पुर्व अध्यक्ष देव बहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्लबका पुर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो । क्लबले यस अघि शान्तिनगर गाउपालिकाकै वडा न. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालय केराघारीमा पनि १२ सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!