२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालगन्ज नाकामा एकिकृत जाँच चौकी ICP बिहीबारदेखी सञ्चालनमा आयो

Logo
प्रकाशित आइतबार, जेठ २१, २०८०

(ABC-Sanchar)
बाँके । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट ‘भर्चुअल’ माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा दुई वर्षअघि आईसिपी निर्माणको काम सुरु भएको थियो । भारतले नेपाल र भारत दुबै तर्फ एकैसाथ निर्माण कार्य अगाडी बढाएकोमा हालै काम सम्पन्न भएको बताइएको छ ।

आईसिपी निर्माणका लागि भारतको ‘राजदिप कन्स्ट्रक्सन कम्पनी’ ले १ अर्ब ४७ करोड (भारु) मा ठेक्का पाएको थियो । सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएकोमा उक्त कम्पनीले दुई वर्षभित्रमा काम सम्पन्न गर्ने समय पाएको थियो ।

नेपालगन्ज नाकामा बिहीबार नेपाल र भारतका उच्च अधिकारी, जनप्रतिनिधि, उद्योगी, ब्यवसायी लगायतको उपस्थितीमा माल बाहक सवारी साधनको आयात-निर्यात सुरु गरियो । नेपालका तर्फबाट प्रतिनिधि सभाका सांसद डा. धवल सम्शेर राणा, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, सुरक्षा निकायका प्रमुख लगायतले दुबै देशको झण्डा देखाएर जुडिबुटी ढुवानी गरेको ट्रकलाई भारततर्फ पठाएका थिए ।

यस्तै भारतका तर्फबाट पनि बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम) मोनिका रानी, प्रहरी प्रमुख(एसपी) प्रशान्त वर्मा लगायतले दुबै देशको झण्डा देखाएर पेट्रोलियम र एलपी ग्याँस बोकेको ट्यांकर तथा प्लाईउड बोकेका ट्रकलाई नेपालतर्फ पठाए ।

ठेकेदार कम्पनीका कार्यकारी निर्देशक अभिजित डाढीवालले आईसिपी निर्माणका क्रममा उच्च गुणस्तरिय सामान प्रयोग गरिएको बताए । आईसिपी निर्माण गर्नका लागि नेपाल सरकारले ८७ विघा जग्गा अधिग्रहण गरेर राखेको थियो ।

उक्त जमिनमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्यारेक, कर्मचारी आवास गृह लगायत भौतिक संरचना निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक डाढीवालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]