२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

तराईका जिल्लाहरुमा तातो हावा (लु) चल्न सुरु मौसमवीद्

Logo
प्रकाशित आइतबार, जेठ २१, २०८०


(ABC-Sanchar)
काठमाडौं । मध्य तराईका जिल्लाहरु सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर, बारा,पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतकामा हावा (लु) चलिरहेकाे मौसमवीद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा (लु) चलिरहेको र अझै २ दिन चल्ने बताए। झाले भने, ‘मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा लु चलिरहेको छ। यो क्रम अझै २ दिनसम्म चल्ने सम्भावना छ। सप्तरीदेखि भैरहवासम्म तातो हावा लु बढी चलेको देखिन्छ।’

पछिल्लो समय गर्मी बढेसंगै तराईको जनजीवन कष्टकर बन्दै गइरहेको समाचारहरु सञ्चार माध्यममा आइरहेका छन् भने स्थानीय तहहरुले धमाधम विद्यालयहरु बन्द गरिरहेका छन्।

महाशाखाकाले (लु) चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि समस्याहरु देखिन सक्ने बताएको छ।

सो समस्याबाट बच्नका लागि बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान,घाममा बढी नजान, हल्का लुगा लगाउ, सुती कपडा लगाउ, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]