२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

गहुँको बिल बनाएर युरिया मल तस्करी गर्ने ४ वटा ट्रक सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ २२, २०८०


ABC (क्राईमबिट)
चितवन । आइतबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई पूर्वी नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दलदलेले नियन्त्रणमा लिएको हो। बर्दघाटबाट काठमाडौंस्थित श्रेष्ठ किराना स्टोरको नाममा ४२० बोरा गहुँको बिल बनाएर ल्याउँदै गरेको युरिया मलसहित ना ६ ख ५२६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।

यसअघि गत शुक्रबार सोही प्रकृतिको बिल बनाएर अवैध रूपमा युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रकसमेत सोही बेसले नियन्त्रणमा लिएको थियो। यस्तै, गत १९ गते शुक्रबार नै सशस्त्र प्रहरी बल नेपाल राजस्व चुहावट नियन्त्रण सुरक्षा बेस पथलैयाले बेबी अम्रेला (बच्चाको छाता) बोकेको ट्रक नियन्त्रणमा लिएको छ। राजस्व छलीको आशंकामा ना ७ ख ७२९० नम्बरको ट्रक बारास्थित पथलैयाबाट नियन्त्रणमा लिइएको हो ।

तीनवटै ट्रक आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसैगरी, गत १८ गते बिहीबार भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको ५५ लाख १२ हजार ९६२ रुपैयाँबराबरको कपडा र मिनी ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनीमाई गण मोरङले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको ना ६ ख ६६६४ नम्बरको कपडासहितको मिनी ट्रक आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।