२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नक्कली भुटानी शरणार्थी प्रकरणमा एक प्रहरी अधिकारी पनि हिरासतमा

Logo
प्रकाशित मंगलबार, जेठ २३, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री, बहालवाला सचिव, शरणार्थी नेता मात्र होइन प्रहरी अधिकारी नै जोडिएका छन् । हाल थुनामा रहेका १८ प्रतिवादीमध्ये एक प्रहरी अधिकारी भएको खुलेको छ ।

गत १२ जेठमा पक्राउ परेकी लक्ष्मी महर्जन प्रहरी कर्मचारी हुन् । उनी नेपाल प्रहरी अस्पतालमा प्रहरी नायब निरीक्षक(सई) पदमा कार्यरत छिन् । प्राविधिकतर्फ स्टाफ नर्सका रुपमा कार्यरत उनी अन्जानबस यो प्रकरणमा मुछिएकी हुन् ।

उनका श्रीमान हरिभक्त महर्जन पनि सो मुद्दाका प्रतिवादी हुन् । हरिभक्त एक सहकारीमा काम गर्दथे । उनका साथी टोखाका हरिशरण केसी हुन् । केसीले अमेरिका पठाउने आश्वासनमा आफ्ना आफन्तहरूसँग पनि पैसा उठाएका थिए । घर समेत धितो राखेर पैसा निकाली तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकलाई बुझाए । तर, न काम भयो, नत्र पैसा फिर्ता भयो उल्टै उनी यतीबेला प्रहरी हिरासतमा छन् ।

रामशरण र हरिभक्त साथी हुन् । शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा लेनदेनमा उनी पनि संलग्न थिए । हरिभक्त र उनकी श्रीमती लक्ष्मीको पनि खाता प्रयोग भएको थियो । त्यही आधारमा उनीहरुलाई समेत प्रतिवादी बनाइएको हो । खाता प्रयोग भएकै आधारमा १० जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये हरिभक्त र लक्ष्मी भने आफैं अदालतमा उपस्थित भएका छन् ।
उनीहरुजस्तै राजेश अर्याल लगायत व्यक्ति यो घटनामा खाता प्रयोग गर्न दिएकै आधारमा राज्यविरुद्धको अपराध मुद्दा झेल्न बाध्य छन् । अर्याल रामकुमार रेग्मीको कम्पनीको कामदार थिए । रेग्मीले विभिन्न व्यक्तिबाट अर्यालको खातामा पैसा मगाउँथे । निकालेर अन्य व्यक्तिलाई दिन्थे । अहिले यो मुद्दामा रेग्मी पीडित बनेका छन् भने अर्याल भने अभियुक्त बनेका छन् । प्रहरीले खाता प्रयोग भएका व्यक्तिहरुलाई साक्षीका रुपमा अदालतमा पेश गर्न सक्ने अवस्था थियो । तर, उच्चपदस्थलाई जोगाउन खोज्ने तर पहुँच नभएकालाई थुन्ने अनुसन्धान प्रणालीका कारण निर्दाेषहरु समेत फसेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]