२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरी हेटक्वाटरमा एसपीहरूको उजुरीको चाङ एसपी र डिएसपी इन्चार्ज फेर्ने तयारी

Logo
प्रकाशित बुधबार, जेठ २४, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । पश्चिम नवलपरासीका एसपी बिनोद सिलवाल चार महिनामै तानिए । कमजोर कमाण्डको आरोपमा उनलाई छोटो समयमै हटाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

सिलवाल एसपी भएपनि डिएसपी भोजराज पाण्डेयले नै जिल्ला चलाउँदै आएका थिए । विभिन्न ठाउँमा नाका राख्नेदेखि हटाउनेसम्मका काम उनीबाट हुँदै आएको थियो ।

प्रदेशका डिआइजी उमेशराज जोशीलाई समेत हातमा लिएर पाण्डेयले जिल्लामा आफ्नो राज चलाउँदै आएका थिए । एसपी सिलवाल निरिह देखिएको र जिल्लामा बेथिती देखिएपछि उनलाई हटाइएको स्रोत बताउँछ ।

उनी हटाइएपछि तराईका अन्य जिल्लाका एसपीहरू समेत तर्सिएका छन् । सेटिङ मिलाएर कमाउन मस्त रहेका एसपीहरू छोटो अवधिमै तानिने सम्भावना छ ।

मोरङका दीपक पोखरेल, धनुषाका विश्वराज खड्का, महोत्तरीका प्रकाश मल्ल, रुपन्देहीका भरतबहादुर विक, कैलालीका देवेन्द्र पाल तथा बाँकेका सन्तोषसिंह राठौरकोविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी बढेका छन् । खासगरी तस्करीसम्म उजुरी उनीहरुविरुद्ध परेको स्रोत बताउँछ ।

त्यसो त हालै चार एआइजीले चार प्रदेशमा अनुगमन गरेर आफ्नो रिपोर्ट पनि बुझाइसकेका छन् । कोशीमा टेकप्रसाद राई, मधेसमा मिरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदुरपश्चिममा सुदीप गिरी खटिएका थिए । उनीहरुले पनि विभिन्न जिल्लामा प्रहरी मिलेमतोमा तस्करी भएको रिपोर्ट दिएका छन् ।

रिपोर्टअनुसार छानबिन गरी कारबाही गर्न आइजिपी बसन्तबहादुर कुँवरले उजुरी छानबिन शाखाका एसएसपी शेखर
खनाललाई निर्देशन दिएका छन् । अनुगमनका क्रममा मधेस र लुम्बिनी प्रदेशमा व्यापक बिकृती देखिएको छ । मधेस प्रदेशका डिआइजी जनकराज भट्टराईले त आफैं घुमुवाहरु खटाएर तस्करीको लाइन मिलाउँदै आएको स्रोत बताउँछ ।

त्यस्तै, उपत्यकाका वृत्तहरूमा पनि हेरफेरको तयारी भइरहेको छ । दरबारमार्ग, सोह्रखुट्टे, महाराजगञ्ज, बानेश्वर, गौशाला लगायत वृत्तका डिएसपीको एक वर्षको अवधि पुग्न लागेकाले नयाँ डिएसपी पठाउन लागिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]