२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालको अहिलेसम्मकै उच्चतम तापक्रम बाँकेमा ४४ डिग्री,सम्म मापन जिल्लाहरु

Logo
प्रकाशित शुक्रबार, जेठ २६, २०८०


(ABC-Sanchar)
बाँके । नेपालमा केही ताराको जिल्ला र ठाउँमा अहिलेसम्मकै सबभन्दा गर्मी भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार ओखलढुङ्गा, सुनसरीको धरान बजार, इलामको कन्‍याम चिया बगान र नवलपरासीको दुम्कौलीमा उच्चतम तापक्रम मापन भएको हो।

ओखलढुङ्गामा सोमबार ३१.१ डिग्री, मङ्गलवार ३१.३ डिग्री र बुधबार ३१ डिग्री मापन भएको हो। यहाँ यसअघि उच्चतम तापक्रम १९९९ अप्रिल २८ तारिखमा भएको थियो। त्यसयताकै सबैभन्दा उच्च तापक्रमको मापन भएको हो।

त्यतिबेला ३०.९ डिग्री तापक्रम मापन भएको थियो।

धरानमा पनि बुधबार ३९.३ डिग्री पुगेको थियो। त्यसअघि सन् २०१३ अप्रिल १२ मा ३८.८ डिग्री तापक्रम थियो।

कन्याम चिया बगानमा रहेको केन्द्रले मापन गरेअनुसार मङ्गलवार ३० डिग्री मापन भएको थियो। यहाँ यसअघि सबैभन्दा उच्चतम तापक्रम मापन सन् १९७३ जुलाई १० मा भएको थियो। त्यतिबेला २९ डिग्रीसम्म पुगेको थियो।

यसैगरी दुम्कौलीमा भने सोमबार, मङ्गलवार बुधबार नै ४३.८ डिग्री पुगेको विभागले जनाएको छ। यसअघि त्यहाँ उच्चतम तापक्रम ४३.७ डिग्रीसम्म पुगेको थियो। यो तापक्रम सन् १९७९ जुन ५ मा भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]