२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतिय ज्याजती विरुद्ध कपिलवस्तुको चन्द्रौटामा विप्लबको मसाल जुलुस प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, जेठ २६, २०८०

(ABC-Sanchar)
कपिलवस्तु । भारतिय ज्याजती विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (विप्लब) मसाल जुलुस कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले देशैभर मसाल जुलुस कार्यक्रम आयोजना गरेको छ ।

भारतले आफ्नो ससंद भवनमा राखेको नक्सामा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरलाई समाबेश गरेकाले मसाल जुलुस निकालेको नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लब) पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त चौधरी र जिल्ला सचिव बिनोद लुइँटेल (पाबेल) को नेतृत्वमा सम्पन्न भएको हो । मसाल जुलुस कार्यक्रममा नेकपाका करिब १ सय जना नेता कार्याकर्ताको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]