२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल शिक्षक संघ वीरगंज महानगरको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न

Logo
प्रकाशित शुक्रबार, जेठ २६, २०८०


(ABC-Sanchar)
पर्सा । बिरगंज नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति पर्साका नवनिर्वाचित अध्यक्ष रविभुषण प्रसाद चौरसिया उपाध्यक्ष बबिता चौधरी,उपाध्यक्ष साबिरअहमद रेयाज,सचिव विजय कुमार यादव,सचिव अर्थ मनोज कुमार रौनियार,सह सचिव रामअयोधया महतो,सह सचिव बबिता मंडल,सह सचिव अर्थ पुनम दिवेदी,सह सचिव समावेशी अकलेस मिश्र,सदस्य गुडिया रानि मिश्र,बिनोद पटेल,बाबुनन्द पटेल लगायत २६ जना सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत बिनोद मेहता ले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका थिए ।

निर्वाचन अधिकृत बिनोद मेहता ले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई फुलमाला लगाउनुका साथै गम्छा ओढाएर बधाई दिदै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम लाइ माया को चिनो ले नवनिर्वाचित अध्यक्ष रविभुषण प्रसाद चौरसिया ले सम्मान गरेका थिए।

साथै नेपाली कांग्रेस पोखरिया नगरपालिका का नगर सचिव धर्मराज यादव,पत्रकार राहुल गुप्ता लाइ मायाको चिनो ले सम्मान गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम ले नवनिर्वाचित समिति लाई अगाडी बढ्न आवश्यक पर्ने सम्पुर्ण सहयोग उपलब्ध गराउने वाचा गरेका छन्।

नेपाल शिक्षक संघ वीरगंज महानगर कार्यसमिति सपथ ग्रहण कार्यक्रममा वीरगंज महानगरपालिका का वडा नं ४ का वडा जगत साह कानु,वडा नं १ वडा अध्यक्ष रेयाज अहमद लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।