२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल धेरै

Logo
प्रकाशित शनिबार, जेठ २७, २०८०

(राजन थारू)
बर्दिया । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।

राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अघिल्लो आवमा एक हजार विदेशी पर्यटक आएकामा अहिले छ हजारको हाराहारीमा पुगेको सहायक संरक्षण अधिकृत दाहालले उल्लेख गरे ।

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन् । गत आवमा चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको सहायक संरक्षण अधिकृत दाहालले जानकारी दिए ।

पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली हात्तीलगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् ।

जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ । प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]