०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बिरगंजमा प्रहरी र भन्सार कर्मचारीको मिलेमतोमा सिमा नाकाबाट तस्करी सुरु

Logo
प्रकाशित आइतबार, जेठ २८, २०८०


ABC (क्राईमबिट)
पर्सा । बिरगंज भारतको रक्सौलबाट वीरगञ्ज ल्याइएका अधिकांश लागूऔषध वीरगञ्ज भन्सार वा आइसीपी कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ। केहि समय देखि नेपाल भारत बीच बढेको अबैध कारोबारले गर्दा हुन्डीको कारोबार समेत यो नाकामा फस्टाएको छ।

नेपाल भारतबीचको सबै सीमा नाकामा सँगै खटिएका जनपथ र सशस्त्र प्रहरीले सधैँ कडा चेकजाँच गर्दै आएपनि करोडौँका समानहरू वीरगञ्ज आसपास क्षेत्रको गोदामबाट प्रहरीले छापा मारेर पक्राउ गर्दै आएको छ।पुष महिनामा मात्र ६ करोडभन्दा बढीको तस्करीका समानहरू पर्सा प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा बुझाएको छ।
यति मात्र होइन, पर्सा प्रहरीको लागि लागूऔषधको कारोबार नियन्त्रण सधैँको चुनौतीको विषय रहेको छ। हुन्डीको कारोवारमा भारतीय रुपैयाको तुलनामा नेपाली रुपैया ५रुपैयाको दरले बलियो भएको छ। नेपालबाट लागुपदार्थ र सुनको तस्करी बढको कारण त्यसा भुक्तानी हुन्डीको माध्मबाट नेपालमा आइरहेकोले पनि १सय ५५ नेपालीमा भारतीय एक सय रुपैयाको दरले कारोवार भइरहेको व्यापारीहरू बताउ छन्। जिल्ला प्रहरी प्रमुखमा कोमल शाह आए देखि तस्करी र रुपैयाको अबैध कारोबार नियन्त्रणमा कडाइ बढाएका छन। परिणाम स्वरुप हुन्डी देखि लागु औषधका कारोवारीहरू व्यापक रुपमा पक्राउ परिरहेका छन। तर जिल्ला भित्र पक्राउन हुने सबै हुन्डीको रकम तथा लागुपर्दाथ यही सिमानाका भएर आएको छ।
केहि दिन अगाडि मात्रै वीरगञ्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकम सहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय श्यामकिशोर प्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको हो। साहलाई वीरगञ्ज १६ रजत जयन्ति चोकस्थित सडकबाट गत साता पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले नै पत्रकार सम्मेलनमा जानकारी दिए। तर पक्राउ परेका उक्त व्यक्ति भन्सार नाकामा हुने गरेको सबै परीक्षण सहजै कसरी पार गरे ? भन्ने प्रश्नको जवाफ प्रहरीसँग छैन।

खासमा मुलुकमा प्रजातन्त्र आएको तीन दशक भएको छ। प्रजातन्त्रमा जनताको मौलिक अधिकार सर्वोपरी हुन्छ, कानुनी राजमा दश अपराधी छुटे पनि एक निर्दोष नफसोस् भन्ने हुन्छ। तर नेपाली सुरक्षातन्त्रको कामकार्यवाही पुरानै पञ्चायती पारामा चलेको देखिन्छ। नेपाल भारत सिमामा शसस्त्र प्रहरी र पछाडी जनपथ प्रहरी खटिएका हुन्छ। नाकाबाट नेपाल आउने हरेक सर्वसाधारणलाई सुरक्षाकर्मीको भाषामा चेकजाँच अर्थात परीक्षण भएकै हुन्छ। शसस्त्र प्रहरीले परीक्षण गरिरहदा केहि पर पछाडि उभिएका जनपथ प्रहरी हरिरहेका हुन्छन, सामुने आएपछि पुन परीक्षण गर्ने उनीहरूको जिम्मेवारी पनि हुन्छ। तर तराई हरेक जिल्लाको भित्री बजार वा शहर तथा गोदामहरूबाट करोडौको तस्करीको समान पक्राउ हुने गरको छ। हरेका सिमानाकाबाट नुन देखि सुनसम्मको तस्करी हुने गरेको छ। तर सिमामा खटिने प्रहरीलाई खासै कार्यवाही भएको देखिदैन।

वीरगञ्ज मुलुककै मूल प्रवेशद्वार हो। आर्थिक राजधानीका रुपमा चिनिएको यो सहरले राज्यद्वारा असुल हुने करको सबै भन्दा हिस्सा बेहोर्दै आएको छ। सामाजिक र सांस्कृतिक विविधताले भरिएको मध्य तराइको यो आर्थिक महानगरमा रहेको नेपाल–भारत,सीमा–नाका अर्थात आईसीपी र सुख्खा बन्दरगाहमा रहेको भन्सार मार्फत देशलाई राजस्वको सर्वाधिक ठूलो हिस्सा अर्थात् ४३ प्रतिशत राजस्व बुझाउँदै आएको छ। अनि राजधानी काठमाडौं लैजाने ७५ प्रतिशत सामग्री यही सहर हुँदै पठाइन्छ। सरकारले पाउने कूल औद्योगिक कर मध्ये वीरगञ्ज क्षेत्रमा रहेका उद्योगबाट ४० प्रतिशत राजस्व संकलन हुन्छ। यसर्थमा वीरगञ्ज सिंगै देशको ‘लाइफ लाइन’पनि हो। तर सीमा नाकामा सबै भन्दा बढी सास्ती यहिको जनतालाई भोगनु परेको छ। भारतको रक्सौलबाट घरायसी समानहरू खरिद गरेर ल्याउदा अनेकौ चेकचाँजबाट गुज्रिनु पर्ने बाध्यता समेत रहेको छ।
वीरगञ्जको भन्सार क्षेत्रको आधा किलो मिटरमा, आधा दर्जन भन्दा बढी चेकजाँच हुने गरेको छ। तर पनि यस नाकाबाट नुन देखि सुनसम्मको खुलेआम तस्करी हुन्छ। आधा किलोमिटरमा आधा दर्जन भन्दा बढी परीक्षण तर पनि खुलेआम तस्करी ,देख्दा र सुन्दा आश्चर्य लाग्न सक्छ। तर यस्तो अजबको परीक्षण र गजबको तस्करी मुलुककै मुख्य प्रवेशद्वार वीरगञ्ज भन्सार नाकामा हुने गरेको छ।
भारतको रक्सौलबाट प्रवेश गर्दा, नेपाल–भारत मितेरी पुल कट्ने बितिकै सुरु हन्छ सशस्त्र प्रहरीको चेकजाँच। त्यसपछि शंकराचार्यद्वार नजिकै कोरानाको डेस्क र लगतै इनर्वा प्रहरी चौकीको चेकजाँच कटेपछि भन्सार कार्यालयका जाँचकीहरूको चेकजाँच। अनि सँगै रहेको पुन सशस्त्र प्रहरीको चेकजाँच र केहिँ मिटरमै फेरि रजत जयन्ती चोक नजिकै जनपथ प्रहरीको चेकजाँच हुने गरेको छ।

मुलुककै प्रवेशद्वारको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालय भएर आउने जो कोही नव आगन्तुलाई नेपाल प्रवेश गर्न यतिको कडा चेकजाँच भएर कटिनु पर्दछ। नेपाल भारतको यो सिमानाकामा आपातकालकै अवस्था जस्तै परीक्षण कटेर प्रत्येक भारतीय पर्यटकलाई गुज्रिनु पर्ने बाध्यता नै छ। तर सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन।
यति कडा चेकजाँच हुदा पनि नुन देखि सुन र लागु पदार्थ देखि हथियारसम्म, सबै थोक यो नाकाबाट सहजै आउजाउ भइरहेको हुन्छ कसरी ? तस्करी र अपराध नियन्त्रण भन्दा पनि यो भन्सार क्षेत्रमा हुने गरेको चेकजाँच सम्बन्धित सबै निकायको, सबै कारोबारबारे जानकारी र भागीदारी मुख्य उदेश्य भएको स्थानियको आरोप छ।
यो भन्सार कार्यालय क्षेत्र र मुलुककै प्रवेशद्वारमा जति परीक्षण त्यति आम्दानीको आरोपलाई नकार्न सकिदैन। सशस्त्र र जनपथ प्रहरी होस वा भन्सारको जांचकी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असुली गरिरहेको यहाको ‘कटुसत्य’ पनि हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

error: Content is protected !!