२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अल्पसंख्यकसंग प्रहरी कार्यक्रमको १४ औ भाग कार्यक्रम महोत्तरीमा सम्पन्न

Logo
प्रकाशित आइतबार, जेठ २८, २०८०


ABC (क्राईमबिट)
महोत्तरी । नेपाल सरकारका माननीय उपप्रधान एव गृहमन्त्री नारायणकाजी श्रेष्ठको समुस्थितिमा “अल्पसंख्यकसंग प्रहरी” कार्यक्रमको १४ औ भाग आज २०८० साल जेष्ठ २७ गते रामगोपालपुर न.पा – ४ को सामुदायिक भवनमा सम्पन्न भयो। कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने सदा, पासवान, खत्वे, महरा समुदायले आफ्ना पिरमार्का, गुनासो र आफु बिरुद्द हुने गरेका विभेद तथा हिंसाका वारेमा माननीय मन्त्रिज्यू समक्ष खुलेर राखेका थिए ।

कार्यक्रममा आएका गुनासोलाई सम्बोधन गर्दै माननीय मन्त्रिज्यूले अबको प्रहरी सेवा प्रवाह सुकिला मुकिला हुने खानेको लागि मात्र नभई समाजका अलपसंख्यक, सिमान्तकृत, पिछडिएको, उत्पीडित र पहुचविहिन बर्गको लागि हुनु पर्ने कुरामा निर्देशन दिनुभयो ।

सो कार्यक्रममा मधेश प्रदेश सरकारका राज्य मन्त्री, माननीय, पूर्व मन्त्री, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखज्यूहरुको उपस्थिती थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।