२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरी चौकी पुरन्धारा पश्चिम दाङको नवनिर्मित भवनको डिआईजी जोशीद्वारा उद्धघाटन

Logo
प्रकाशित सोमबार, जेठ २९, २०८०

(सागर थापा)

दाङ । लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट प्रहरी चौकी पुरन्धारा पश्चिम् दाङको नव निर्मित कार्यालय/ब्यारेक तथा मेष भवनको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशीको प्रमुख आतिथ्यतामा बबई गाँउपालिकाका अध्यक्ष कुल बहादुर खत्रीको अध्यक्षतामा प्रमुख अतिथीबाट सिलालेखको अनावरण तथा भवनको अवलोकन गरी समुदघाटन गरिएको
थियो ।

लुम्बनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरीष्ठ उपरीक्षक कृष्ण बहादुर पल्ली मगर,जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख किरण प्रकाश मल्ल जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि,नागरिक समाज ,स्थानिय जनप्रतिनिधि,विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि स्थानिय भद्र भलादमी सुरक्षाकर्मी लगायत अन्दाजी २०० जनाको उपस्थिति रहेको ,उक्त कार्यक्रमको अवसरमा ई.प्र.का.तुलसीपुरका प्र.ना.उ.पुष्पराज मल्लबाट स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

भवन निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई प्रमुख अतिथि डिआईजी जोशीबाट प्रशंसा पत्र प्रदान गर्नुका साथै प्रहरी र समुदाय बिचको सम्बन्ध र सुरक्षाको बारेमा महत्वपुर्ण मन्तव्य दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।