२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आमाको मृत्यु पछि अलपत्र परेका ६ जना भाइबहिनीहरुले पाए शाहारा काठमाडौमा उद्धार

Logo
प्रकाशित सोमबार, जेठ २९, २०८०

(ABC-Sanchar)
काठमाडौं । बाजुरा त्रिबेणी नगरपालिकामा १ छताराका अलपत्र ६ भाइबहिनि उद्धार भएका छन् । ३२ बर्षिय अस्मीता देबि दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनि अलपत्र परेको समाचार प्रकाशित पछि उद्धार भएको त्रिबेणी नगरपालिकाका उपप्रमुख कमला न्यौपानले वताईन् ।
बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । बडिमालिका खबर लगायत सञ्चारमाध्यमा समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले पालनपोषण र शिक्षाको समेत जिम्मा लिने गरि बच्चाको उद्धार भएको शान्ति सेवा गृह काठमाडौका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् ।
समाचारमा आमाको मृत्युपछि ६ भाइबिहिनी बिच्चली रहेको थाहा पाएपछि नगरपालिका सँग समन्वय गरेर काठमाडौ ल्याएको संस्थाले वताएको छ । १ महिनाकी शिशु दुध नपाएर तड्पिरहेको समाचार बाट थाहा पायौं, कसैलाइ पनि नछुटाउने गरि ६ जना भाइबिहिनीको उद्धार गरेको संस्थाकी कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।
बच्चा अलपत्र परेको जानकारी बडिमालिका खबरको टिम स्थलगत रिपोटिङ्गमा पुगेको थियो । आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेकि थिइन् । दुध किन्न पैसा नहुदा गाउँलले दिएको दुध खुवाएर बाचिरहेकि थिइन् । उनका श्रीमान मनराज दमाइ पनि अस्वस्थ छन् । उनि छोरीलाइ दुध खोज्न गाउँ डुल्ने गरेका थिए । गाउँलेले दिएको दुधले बहिनीलाइ बचाइरहेको दिदि शुशिला नेपालीले वताएकि छन् । भैसी किन्ने त धेरै टाढाको बिषय हो, दुध किन्न पैसा नहुदा निकै समस्या परेको शुशिलाले रुदै वताएकि थिइन ।
अस्मिताकि १ महिनाकी छोरी मात्र नभइ डेढ बर्षकि छोरी सिबानी नेपाली पनि खान नपाएर कुपोषित रहेकि छन् । सिबानीलाइ समेत दुध मागेर खुवाउनु परेको थियो । कसैले दुध दिए दुबै बहिनीलाइ अलिअलि खुवाउने गरेको दिदि शुशिलाले वताईन् । डेढ बर्ष सिबानी र १ महिनाकी बालिकालाई दुध आबश्यक रहेको छ ।
अस्मिताको मृत्यु पछि उनका ६ वटा सन्तान अलपत्र रहेका छन् । अस्मिताको परिवारको नबस्ने घर छ, न खाने जमिन समेत नभएको गाउँलले वताएका छन् । उनिहरु सबै आफन्त नाता लाग्ने चन्द्रा दमाइको घरमा बस्दै आएका छन् । चन्द्रा पनि एकल महिला हुन् । अस्मिताकि छोरी जेठि शुशिला नेपाली १२ बर्षकि भइन् । त्यस्तै सुस्मिता ९ बर्ष, समीया ७ बर्ष, छोरा शिसिर ६ बर्षका रहेका छन् । त्यस्तै सिवानी डेढ बर्ष र कान्छि १ महिनाकी पुगिन् । आर्थिक अभाब तथा बिपन्न भएकाले अस्मिताकि कुनै पनि छोरी बिद्यालय नजाने गरेका छन् । शुशिलाका ६ भाइबहिनी कुपोषित रहेका छन् ।
बैशाख २० गते छैटो सन्तानका रुपमा छोरी जन्माएकि अस्मितालाइ रक्तस्राप भएपछि आफन्तले ९ दिन पछि अछामको बयलपाटा अस्पताल लगेका थिए । त्यहाँ ठिक नहुने भन्दै सेति प्रादेशिक अस्पतालमा लगेका थिए । त्यहाँ उपचारका क्रममा मृत्यु भएका थियो ।
समाचार प्रकाशित पछि बालवालिकालाइ आर्थिक सहयोग समेत जुटेको त्रिवेणी नगरपालिका उपप्रमुख कमला न्यौउपानेले वताईन् । अष्ट्रलियामा इश्वर पोखरलेको नेतृत्वमा ५ लाख ४१ हजार ९० रकम संकलन भएको थियो । त्यस्तै अन्य सहयोगिले पनि सहयोग गरेका थिए ।
मंगल शाहि ४०००(Royal Mars), बाजुरा कृषि कार्यलय हाकिम Hari Paneru ४०००। Ravi Kandel ५०००| Amit Dhungana 10100 | सिमा खत्रि ढकाल 6000|, उमेश डागि -१००० | leon Sancho shresth Balaju- ktm-40000 | Madhu Gurung १६,३००, युवराज भट्ट बडिकेदार गाउँपालिका लेखापाल डोटि ५००० सहयोग गर्नु भएको छ । त्यस्तै उपसना आचार्य अष्ट्रलिया 5000,बाजुरा पुर्व cdo Gopal Adhikari-5000, Thaneshwar yadav -1000, devi basnet/thapa-10000 (Smile Thapa), Bibek dahal 500, बासु -5116, हरि पाण्डे गुल्मि -१०००, सिता अधिकारी भटराइ-५५०० सहयोग गर्नु भएको छ ।
सम्झना पौडेल ५०००-वालाराम राइ ८५३५- भगवति क्षेत्रि १००० दाङ, सुरक्षा शाह भैसिपाटि बाट ६०००, भारत बाट ३२००,
Rekha Shah Karki- 5000, Samrita bk_15000 इटहरि, , विजय कुमार मेहता -१०००,सुनसरि, कृष्ण गौतम र उहाँकि छोरि ममता गौतम 39,566,Jamuna Moktan- ५०००, छोरिको जन्म दिनको अवसरमा Surya subar rolpa dxn -3010 Pushpa Shrestha & Ashoke shrestha-10000 सहयोग गर्नु भएको छ ।
सहयोग रकम संस्थाको खातामा बच्चाको पालनपोषणमा जम्मा गर्ने गरि जम्मा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]