२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मन्त्रालयले १ सय ३ जना सरकारी कर्मचारीहरु कारबाहीमा

Logo
प्रकाशित सोमबार, जेठ २९, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन् ।

मन्त्री अमन लाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव डा। पुस्करले ती कर्मचारीहरुको हाजिरीमा रातो लगाएका हुन् ।

कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका छन् ।

‘सुशासन कायम गर्ने विषय नै हाम्रो पहिलो प्राथमिकताको विषय हो’ आफूले सम्हालेका मन्त्रालयका कर्मचारीमाथि कारबाही प्रारम्भ गरेपछि मन्त्री मोदीले भने, ‘बिहानको सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउन थालेका छौँ, यो प्रक्रिया जारी रहन्छ ।’

अतिरिक्तका उपसचिवको जिससमा सरुवा
यसैबीच मन्त्रालयको अतिरिक्त समुहमा रहेका १८ जना उपसचिवहरुको सरुवा भएको छ । अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बाँकी सबैको विभिन्न जिल्लास्थित् जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।

मन्त्री मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउँदै आएका छन् । स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानलाई तीव्रता दिइरहेका मन्त्री मोदीले अतिरिक्त समुहका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा खटाउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]