२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रशासनको ठुलो लापरबाहीले कैलाली कारागार भित्र रक्सी पार्टी र कुटाकुट

Logo
प्रकाशित मंगलबार, जेठ ३०, २०८०

(राजन थारू)

धनगढी । कैलालीस्थित कारागारमा कुटाकुट भएको छ। अस्तिमात्रै जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो।

कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ‘किलर ग्याङ’सहितका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको हो। कारागारभित्रै त्यसमाथि प्रहरी प्रशासनको घेराभित्र कुटाकुट हुनुले सुरक्षाकर्मी र त्यहाँका जेलरको लापरबाही उदाङ्गिएको छ।

कारागारका प्रहरी प्रमुख सई राजेन्द्र कुमालले २२ गते कुटाकुट भएको बताउँदै त्यस दिन असई योगेन्द्र बोहरा ड्युटीमा रहेको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार त्यसदिन कारागार प्रहरीका हाकिम सई चरन बुढाथापा भने बिदामा थिए। अहिले बुढा जिप्रका कैलालीमा सरुवा भैसकेका छन्।

उनको सरुवा भएपछि आफू आएको र त्यस दिन ड्युटीमा रहेका असई बोहराको पनि जिप्रका सरुवा भएको कुमालले बताए। उनले आफू २३ गतेको बेलुका मात्र जिप्रकाबाट सरुवा भएर कारागारमा आएको बताए। घटनाका बखत आफू जिप्रका कैलालीमै कार्यरत रहेको उनको दाबी छ।

कुटाकुटमा परि कारागारका आउटडोर चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका केही कैदीहरु पनि घाइते भएका थिए। सो काण्डपछि हिजोमात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ। उनीहरुलाई भैरहवा, नेपालगन्ज र नवलपरासी लगायतका जिल्लाका कारागारमा सारिएको हो। तर भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरु भने कैलाली कारागारमै छन्। उनीहरुले कारागारभित्रै दादागिरी गर्ने र गुन्डागर्दी गर्ने गरेको बताइन्छ।

यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख सिडिओ युवराज कट्टेलले भने २२ गते त्यस्तो घटना भएको र त्यहीँ बेला त्यहाँको चौकीदार मानबहादुर खड्कालाई सरुवा गरिएको बताए। यस्तै सुरक्षाको टिम पनि पुरै फेरिएको उनले बताए। जेलमा अस्वभाविक स्वभाव देखिए ठेगान लगाइने उनको दाबी छ।

सो दिन कुटपिट भएको नभएर अवैध खानेकुरा लिएर जेलभित्र कैदीहरुले खाने क्रममा विवाद भई धकेलाधकेल मात्र भएको उनको भनाई छ।

उनका अनुसार सो घटनाका बेला जेलर पदमराज तिमिल्सिना र प्रहरी प्रमुख सई चरन बुढाथापा पनि बिदामा थिए। जेलर भर्खरै आएकाले सरुवा गर्न नमिलेको र सुरक्षाको टिममात्र फेरिएको उनले जनाए।

कैलाली कारागारका जेलर तिमिल्सिना भने आज बिहान ट्रेनिङको लागि भन्दै राजधानी काठमाडौं उडेको बताइएको छ। उनलाई यस विषयमा बुझ्न खोज्दा फोन उठेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]