२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वीरगंज महानगरपालिका न्यायिक समिति द्वारा ३ दिने अभिमुखिकरण कार्यक्रम समापन

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०८०

(ABC-Sanchar)

पर्सा । वीरगंज महानगरपालिका न्यायिक समिति द्वारा आयोजना भएको ३ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

वीरगंज स्थित वीरगंज महानगरपालिकाको सभा कक्षमा न्यायिक समितिले ३ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरको थियो।

वीरगंज महानगरपालीका उप-प्रमुख तथा न्यायिक समितिको संयोजक तथा प्रमुख अतिथि इम्तियाज आलमको संयोजकमा आज भएको समापन कार्यक्रममा उप-मेयर आलमले सम्पुर्ण वडा सचिव ज्यूहरुलाई म्याद तामिलको कार्यहरु ३ दिन भित्र पठाउन अनुरोध गरेका थिए । साथै म्याद तामिलमा अवरोध गर्ने ब्यक्तिहरुलाई कडा कार्यवाही गर्ने चेतावनी समेत दिएका थिए ।

त्यस्तै उप-मेयर आलमले भने सबै वडा सचिवहरु लाई निर्देशन दिदै भने तपाईहरु वडा अध्यक्षको मातहतमा बसेर काम नगर्नु होला। आफुले नियम कानुन अनुसार काम गर्नु भनेर सम्झाएका थिए। उप-मेयरको अधीनमा रहेको न्यायिक समितिको काम बारे जानकारी दिदै न्याय समितीले विवादहरूमा मेलमिलापको निरुपण गर्ने अधिकार रहेको जस्तै सरकारी र्सार्वजनिक वा समुदायिला बाहेक एकताको हकमा जग्गा अर्कोले चापी,मिचि वा घुसाइ खाएको तथा सरकारी र्सार्वजनिक वा समुदायिक बाहेक आफ्नो हक नपुगने अरुको जग्गामा कुनै घर वा संरचना बनाएको,पति पत्नी विचको सम्बन्ध बिच्छेद। अंङ्गभङ्ग बाहेकको बढिमा एक वर्ष कैद हुन सक्ने कुटपिट,गाली वेइजति, कुटपिट,पशुपंक्षी छाडा छाडेको वा पशुपंक्षी राख्दा वा पालदा लापर्वाही गरी अरुले असर पारेको इत्यादि उदाहरणहरू महानगर उप-प्रमुख आलमले आफ्नो भनाइ राखेका थिए।

सो अवसर न्याय समितीका सदस्य तथा बिरगंज महानगरका वडा नं ३ का वडा अध्यक्ष बैजु स्वर्णकारले न्याय समितीको काम कर्तव्य बारे बताएका थिए । उनले न्याय समितीले बिरगंज भरिका आएको वाद बिवादलाई दर्ता गर्ने र निसा दिने अधिकार रहेको बताए त्यस्तै न्याय समितीले कुनै वाद बिवादलाई आवस्यक ठाने विवादित पक्षलाई बोलाइ ब्यान लिने तथा लिखित जवाफ माग्ने सम्मको अधिकार रहेको बताए। उक्त समापन कार्यक्रमको अध्यक्षताका न्याय समितीका संयोजक उप-मेयर इम्तियाज आलमले गरेका थिए भने अतिथिका रुपमा न्याय समितीका अर्का सदस्य बैजुलाल स्वर्णकार रहेका थिए।त्यस्तै बार एसोसिएसन पर्सा शाखाका कमल मोहन पोख्रेल तथा नगरपालिका कर्मचारी संघका इकाइ अध्यक्षको उपस्थिति पनि रहेको पत्रकार राहुल गुप्ताले जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]