२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालगञ्ज २१ मा सूचना माग गर्ने क्रममा झडप

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०८०

(ABC-Sanchar)

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ मा स्थानीयले सूचना माग गर्ने क्रममा झडप भएको छ ।

२०७९ बैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जितेका वडाध्यक्ष राजकुमार शाहुलाई सूचना मागपत्र बुझाउने क्रममा उत्पन्न विवादका कारण झडप भएको हो । वडाध्यक्षले कर्मचारीको मिलोमतमा सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लगाउदै सोमबार सामुहिक रुपमा वडावासी सूचना माग गर्न वडा कार्यालय पुगेका थिए ।

स्थानीयले संविधानले दिएको सूचनाको हकलाई टेक्दै आर्थिक वर्ष २०७९/०८० काृ हाल सम्म खर्चिएको कुल बजेट योजना शिर्षक अनुसारको विवरण सहित भौतिक विवरण, बहाल कर वापत खर्चिएको कुल बजेटको विवरण, सवारी साधनको विवरण, कर्मचारी र जनप्रतिनिधिलाई नेपाल सरकारले उपलब्ध गराएको सुविधा विवरण, बाटोको लागि खर्चिएको बजेट लगायतका विवरण उपलब्ध गराउन वडाध्यक्ष शाहुलाई निवेदन हस्तान्तरण गरेका थिए ।

सूचनाको हकमा आफु १५ दिनको समय माग गर्दै उक्त सूचना उपलब्ध गराउने उनले वडावासीलाई अभिव्याक्ति दिने क्रममा विवाद उत्पन्न भएको थियो ।

अभिव्यक्ति दिदैँ उनले भने, ‘केही कुरा नगरपालिकाको सूचना अधिकारीले के भन्नुभयो सबै चिज नमिल्दैन । यो पत्र अहिले नै कार्यन्वयन गर्न निर्देशन गर्नेछु । के के दिन मिल्छ सबै दिन लगाउछु ।’

उनले थप भने, ‘वडा विषयमा केही कुरा मैले लुकाउनु पर्ने छैन ।’

स्थानीयले जिन्सी सामान आफ्नै वडामा राख्नुपर्ने माग गरेका थिए । उक्त वडाले जिन्सी सामान राख्नको लागि वार्षिक रुपमा एक लाख छुट्याएको छ ।

मिडिया संगको संवादमा स्थानीय फारुक खानले आफुहरु वडामा कुनैपनि सूचना माग गर्न आउदा वडा सचिव सूर्य नेपालीले उपमहानगरपालिका संग अनुमति प्राप्त गरेर मात्र दिन मिल्ने बताउने गरेका गुनासो गरे । विभिन्न बहानामा वडासचिवले सूचना लुकाउन खोज्ने गरेका छन ।

उनले भने, ‘सबै वडामा सचिव छन । तर नेपाल सरकारले तोकेको सेवा सुविधा बाहेक कसैले पनि अन्य सुविधा पाएका छैनन् । हाम्रो वडालाई यत्रो महंगो सचिव किन ? हामीलाई चाहिएन यत्रो महंगो सचिव !’ उनको पक्षमा त्यहाँ उपस्थित वडावासीले समेत सहमती जनाएका थिए ।

नेपालगञ्ज २१ मा बत्तीको विषयमा एक स्थानीयले आवाज उठाएपछि त्यहाँ दुई पक्ष बीच भिडन्त भएको थियो । जस क्रममा वडाध्यक्षलाई समेत आक्रोसित भिडले हातपात गरेका थिए ।

नेपाल प्रहरी तत्काल माहोललाई नियन्त्रणमा लिदैँ एक जना स्थानीयलाई पक्राउ समेत गरेको छ ।

वडाध्यक्षकै कमिकमजोरीका कारण पटक पटक उक्त वडा विवादमा आउने गरेको पिडित वडा सदस्यले जानकारी गराए ।

वडा सदस्य अरुण कुमार मिश्राले वडाध्यक्षलाई आरोप लगाउदै भने, ‘उहाँ यस्तै कामै गर्नुहुन्छ । स्थानीयवासीले लगाएको आरोप एकदम सही हो ।’

उनले अझै प्रष्ट पार्दै भने, ‘हामी ४ जना सदस्यलाई जिम्मेवारी सुम्पिएका छैनन् । हैकमवादी प्रवृत्ति र सोच राख्दै सदस्यलाई चपरासी हौं । घर बसेर भत्ता खानुस ’

वडाध्यक्ष शाहुले वडासदस्यलाई प्रयोग गर्नै नमिल्ने शब्दहरु (अपशब्द) प्रयोग गर्दै अपमान गर्ने गरका छन । वडाध्यक्ष शाहु मनोमानी ढंगले आफ्नै तालमा बग्ने गरेका सदस्यले मिडियाकर्मीलाई दुखेसो पोखे ।

यस्तै, वडासदस्य मेराज अहमद बागवानले नेपालगञ्ज २१ मा ठूलै विकास भएको जस्तो जिकिर गर्दै वडामा काम भईरहेको बताए पनि मिडियाकर्मीले के काम ? भएको प्रश्नमा उनले प्रतिउत्तर लगाउन सकेनन् । खासमा उनले सुरुमा वडाध्यक्ष्को पक्षपात गर्न खोजेपनि अन्त्यमा वडाध्यक्षको खुलासा गर्दै भने, ‘वडाध्यक्ष कार्यालयमा बस्नु हुन्न । बाहिर बसेर उनले काम गर्छन ।’

सेवाग्राहीले वडाध्यक्षलाई बहुमत दिएर वडावासीको सेवामा हाजिर हुनको लागि विजय गराएपनि यतिबेला एउटा हस्ताक्षरको लागि पनि उनलाई खोज्दै हिड्नुपर्ने स्थिती रहेको छ । वडासदस्य वागवान समेतले वडाध्यक्ष हैकमवादी प्रवृत्ति र सोचका साथ वडालाई चलाउन खोजेको सहमति जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।