२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पद्मोदय प्रशासन प्रमुखमाथि छात्राद्वारा यौन दुब्यर्वहारको आरोप प्रहरीको अनुसन्धान जारी

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०८०

ABC (क्राईमबिट)

दाङ । घोराहीको १५ स्थित सामुदायिक विद्यालय पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख तथा पुर्व डिआइ इञ्चार्ज मिनेश श्रेष्ठमाथि सोही विद्यालयमा अध्ययनरत एक जना छात्राले यौन दुब्यर्वहारको आरोप लगाएकी छिन् ।

विद्यालयमा कक्षा १० मा अध्ययनरत सुष्मारोड निवासि छात्राले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफुमाथि यौन दुब्यर्वहार गरेको आरोप लगाएकि हुन् ।

पद्मोदयका प्रशासन प्रमुख तथा पुर्व डिआई श्रेष्ठमाथि छात्राद्वारा यौन
छात्राले श्रेष्ठले दुब्यर्वहार गरेको घटना वाहीर ल्याए,कसैलाई भने ज्यान मार्ने धम्की दिएको पनि दावि गरेकि छिन् । उनले यस्ता घटनाले आफुलाई कमजोर बनाएको र आत्महत्या गर्ने सम्म वाध्य बनाएको गुनासो गरेकि छिन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि विरबहादुर वलिले यो घटनालाई आफुले गम्भिरतापुर्वक लिएको र घटना बुझ्नका लागि प्रहरीलाई निर्देशन दिइसकेको बताए । उनले पिडितसंग प्रहरीले समन्वय गर्ने पनि बताए । श्रेष्ठले भने आफुले कुनै प्रकारको दुब्र्यहार नगरेको बताएका छन् ।

उनले छात्राको चरीत्र राम्रो नभएको भनेर सम्झाएको र त्यसपछि विद्यालयको कोठामा ल्याएर ड्रेस मिलाएर लगाउन भनेर पिठ्युमा हानेको बताएका छन् । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले घटना वारे आफुले बुझ्ने काम गरीरहेको बताए । उनले भने–‘पिडित वालिकासंग मैले आफै कुरा नै गरे, प्रशासन प्रमुख श्रेष्ठले ह्यारेसमेन्ट गर्न खोजेको भनेकि छिन्, कुममा हात लगेको पनि कुरा राखेकि छिन, यो वारेमा प्रशासन प्रमुख श्रेष्ठसंग पनि कुरा गरेर सत्य तथ्य पत्ता लगाउछौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]