२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

रोल्पामा डिएसपी सारुमगरले यातायात व्यवसायीलाई गाली गरेपछी बस तेर्साएर बिरोध

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०८०

ABC (क्राईमबिट)

रोल्पा । प्रहरी र यातायात व्यवसायीबीच विवाद हुँदा रोल्पाबाट लामो दूरीमा चल्ने गाडी रोकिएका छन् । शुक्रबार दिउँसो विवाद हुँदा काठमाडौंका लागि चल्ने गाडी रोकिएका हुन् । लिवाङस्थित मुख्य बजारमा प्रहरीले बस पार्किङ गर्न नदिएपछि यातायात व्यवसायी समिति रुष्ट बनेको हो ।

जलजला यातायात समितिका कर्मचारीमाथि प्रहरी प्रमुखले गाली गरेको भन्दै समितिले बीच सडकमै बस रोकेर विरोध जनाएका छन् । समिति सम्बद्ध कर्मचारीले गाडी राख्ने विषयमा छलफल गरिरहेकाले बेला प्रहरी प्रमुख प्रनाउ श्याम सारुमगरले अपशब्द बोलेको आरोप लगाएका छन् ।

विरोधस्वरुप लिवाङदेखि काठमाडौंका लागि चल्ने कम्तीमा ३ वटा रात्रिकालीन गाडीबीच सडकमा रोकिएका छन् । विवाद दिउँसो ३ बजेदेखि भएको हो । बसपार्क निश्चित नभएकाले यातायात समितिले टुँडिखेल र सार्वजनिक स्थानमै गाडी पार्किङ गर्ने गरेका छन् ।

शुक्रबार बिहान स्थानीय प्रशासन कार्यालयको संयोजनमा बसेको सर्वदलीय बैठकले सार्वजनिक स्थानमा गाडी नराख्ने निर्णय गरेको थियो । नेकपाका नेता जेबी आक्रोशका अनुसार प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सर्वदलीय बैठकमा विविध विषयसँगै गाडी पार्किङ गर्ने सवालमा प्रस्ताव गरेका थिए । विवाद मिलाउन प्रहरी कार्यालयले प्रयास थालेको छ । समितिका पदाधिकारीको उपस्थितिमा प्रहरीसँग वार्ता थाल्ने समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।