२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

घोराही सिमेन्टको सगरमाथा आईपीओमा लगानीकर्ताको चलखेलको रहस्य खुल्दै

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

(ABC-Sanchar)

दाङ । घोराही सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा लगानीकर्ताको चलखेलको रहस्य क्रमशः खुल्दै गएको छ । नियमक निकायले सर्वसाधारण लगानीकर्तालाई झुक्याउने गरी कम्पनीका सञ्चलकको गतिविधिमाथि छानबिन गरिरहेको छ भने कसुर प्रमाणित भए जेल सजायसम्म हुने व्यवस्था छ ।

कम्पनीमाथि छानबिन हुँदै गर्दा हजारौं लगानीकर्ताको करोडौं रुपैयाँ भने अड्किने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोकेसँगै धितोपत्र बोर्डले लगानीकर्ताको रकम केही समय ‘ब्लक’ हुने जनाएको छ ।

आईपीओमा परेको नक्कली आवेदनमाथि छानबिन गरिरहेकाले सोको टुंगो नलाग्दासम्म सर्वसाधारणको रकम ‘फ्रिज’ भएर बस्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कम्पनीको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र नक्कली आवेदनलगायतका बारेमा अध्ययन गर्न लागिएको जानकारी दिनुभएको छ ।
नेपाल समाचारपत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]